एसइई : बाजुराका एक हजार विद्यार्थी मात्र उत्तीर्ण

Published on

काठमाडौं । बाजुरामा एक हजार विद्यार्थी मात्र एसइईमा उत्तीर्ण भएका छन् । शिक्षा विकास समन्वय इकाई बाजुराका सूचना अधिकारी लालबहादुर विष्टले एसइई परीक्षामा सहभागी भएका दुई हजार ८३४ मध्ये एक हजार विद्यार्थी मात्र उत्तीर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाजुरामा नियमित दुई हजार ८३४ विद्यार्थीमा एक हजार ४८७ छात्रा र एक हजार ३४७ छात्र परीक्षामा सहभागी भएका थिए ।

एसइई परीक्षामा सहभागी भएका मध्ये एक हजार विद्यार्थीमा उत्तीर्ण र एक हजार ८३४ जना एनजीमा रहेको सूचना अधिकारी विष्टले बताउनुभयो । २०८० को एसइईमा बाजुराका ६७ विद्यालय सहभागी भएका थिए । जसमा १५ वटा परीक्षा केन्द्र तोकेका थिए । यस तीन वटा प्राविधिक र एक वटा धार्मिक विद्यार्थी पनि सहभागी भएको शिक्षा विकास समन्वय समिति बाजुराले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...