साहित्यिक पत्रकारिता सूचना प्रविधिमैत्री हुनुपर्छ : सञ्चार मन्त्री शर्मा

Published on

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साहित्यिक पत्रकारितालाई सूचना प्रविधिसँग जोड्न आवश्यक रहेको बताउनुभयो । उहाँले यसका लागि मन्त्रालय सहकार्य गर्न सधैँ सकारात्मक रहेको बताउनुभयो ।

नेपाल साहित्यिक पत्रकार सङ्घको १८औँ स्थापना दिवसको कार्यक्रममा मन्त्री शर्माले पत्रकारिताको इतिहासको सुरुआत नै साहित्यिक पत्रकारिताबाट सुरु भएको स्मरण गर्नुभयो । भारतको बनारसदेखि नेपाली साहित्यिक पत्रकारिता उदाएको उल्लेख गर्दै उहाँले साहित्यिक पत्रकारिताले नेपालमा पत्रकारिताको विकास गर्न सहयोग पुगेको बताउनुभयो । “पत्रकारिताको पुरानो धरातल साहित्यिक पत्रकारिता हो”, मन्त्री शर्माले भन्नुभयो, “अब समयसापेक्ष सूचनामैत्री साहित्यिक पत्रकारिता बनाउनुपर्छ ।” उहाँले सङ्घलाई यस वर्षदेखि दुई लाख सहयोग गरेको उल्लेख गर्दै साहित्यिक पत्रकारिताले समाज रूपान्तरण गर्न मद्दत पुग्ने किसिमका पाठ्य सामग्री उत्पादन गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा साहित्यिक पत्रकारहरू क्रमशः प्रा.डा.कृष्णप्रसाद घिमिरे, घनश्याम कँडेल, डा।तुलसी भट्टराई, निनु चापागाईँ, नरेन्द्रबहादुर श्रेष्ठ, डा.अमर गिरी, ईश्वरचन्द्र ज्ञवाली, कृष्ण प्रसाईँ, नरनाथ लुइँटेल, हरिगोविन्द लुइँटेल, डा.विष्णुविभु घिमिरे, लोकबहादुर थापामगर, नारायणप्रसाद शर्मा र सावित्री श्रेष्ठसम्मानित हुनुभएको छ । सङ्घका अध्यक्ष मोहन दुवालले साहित्यिक पत्रकारिता जोगाउन राज्यको सहयोग महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले सङ्घलाई आर्थिक सहयोग वृद्धि गर्नु भएकोमा मन्त्री शर्माप्रति आभार व्यक्त गर्नुभयो । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...