टी-२० विश्वकप : इङ्ल्यान्डलाई हराउँदै भारत फाइनलमा

Published on

काठमाडौं । साविक विजेता इङ्ल्यान्डलाई हराउँदै भारत आइसिसी टी(२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

गयानामा बिहीबार राति भएको खेलमा भारतले इङ्ल्यान्डलाई ६८ रनले सजिलै हरायो । भारत तेस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । भारतले दिएको एक सय ७२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६.४ ओभरमा सवै विकेटको क्षतिमा एक सय तीन रनमा समेटिएको थियो । इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले २५ रन बनाउनुभयो । यस्तै ओपनर जस बटलरले २३, जोफ्रा आर्चरले २१ र लिम लिभिङस्टोन ११ रन बनाउनुभयो ।

भारतका लागि अक्षर पटेल र कुलदीप यादवले तीन तीन विकेट लिनुभयो । जसप्रित बुम्राहले दुई विकेट झार्नुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७१ रन बनाएको थियो । भारतका लागिओपनर एवं कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाउनुभयो । यस्तै सूर्यकुमार यादवले ४७, हार्दिक पाण्डेयले २७, रविन्द्र जडेजाले १७ र अक्षर पटेलले अविजित १० रन बनाउनुभयो । इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन विकेट लिनुभयो । रिस टोप्ली, जोफ्रा आर्चर, स्याम करन र आदिल रशिदले एक एक विकेट झार्नुभयो । फाइनलमा भारतले आइतबार दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो । भारतले भने सन् २००७ मा विश्वकप जितेको थियो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...