निकुञ्जका कर्मचारी मृत फेला

Published on

काठमाडौं । मकालु वरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत भेटिनुभएको छ । सङ्खुवासभाको मकालु गाउँपालिका(३ हेदाङ्नागढीमा मकालु वरुण राष्ट्रिय निकुञ्जका प्रथप्रदर्शक ५० वर्षीय केशरबहादुर कार्की आज मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । उहाँलाई निकुञ्ज कार्यालयदेखि झण्डै तीन सय मिटरको दूरीमा स्थानीयले मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । कार्की शनिबार साँझ निकुञ्ज कार्यालयबाट बाहिर निस्किनुभएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...