अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने

Published on

काठमाडौं । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । करुणा फाउन्डेसन नेपालसँगको साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने भएको हो । उक्त कार्यक्रम सञ्चालन गर्न मिक्वाखोला गाउँपालिका र करुणा फाउन्डेसन नेपालबिच आइतबार सम्झौता भएको छ । मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र करुणा फाउन्डेसन नेपालकी वरिष्ठ कार्यक्रम व्यवस्थापक रुपा सिवाकोटीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । गाउँपालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुनेछ ।

अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम आगामी साउन महिनादेखि सुरु भएर २०८४ साल असार मसान्तसम्म सञ्चालन हुने थापाले बताउनुभयो । कार्यक्रमका लागि कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको लागत साझेदारी हुने उहाँले जानकारी दिनुभयो । करुणा फाउन्डेसन नेपालले भने प्राविधिक सहयोगसमेत गर्ने छ । कार्यक्रमका लागि आगामी आर्थिक वर्ष २०८१\०८२ मा ४६ लाख १८ हजार ९५० रुपियाँ खर्च गरिने छ । उक्त कुल बजेटमध्ये गाउँपालिका, सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनको समान १५ लाख ३९ हजार ६५० रुपियाँ रहेको छ । अपाङ्गता रोकथाम र पुनःस्थापनामा आधारित विभिन्न क्रियाकलापमा बजेट खर्च हुने पनि गाउँपालिका अध्यक्ष कार्कीका स्वकीय सचिव थापाले जानकारी दिनुभयो । कार्यक्रम सम्झौताको रोहबरमा गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पा, प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेव योङ्या, करुणा फाउन्डेसन नेपालका जिल्ला संयोजक केदार भण्डारी, पालिका संयोजक प्रदीपकुमार जोशीलगायत बस्नुभएको छ । यसअघि मेरिङ्देन गाउँपालिकामा पनि अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न गाउँपालिका र करुणा फाउन्डेसनबिच सम्झौता भइसकेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...