उत्पादन र रोजगारसँग जोड्न महिलालाई तालिम

Published on

काठमाडौं । कावासोती नगरपालिकाले महिलाहरुलाई आयआर्जनसँग जोड्ने उद्देश्यले विभिन्न सीपमुलक तालिम प्रदान गर्दै आएको छ । हरेक महिलालाई उत्पादन र रोजगारसँग जोड्नु अहिलेको आवश्यकता रहेको भन्दै कावासोती नगरपालिकाले गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम अन्र्तगत महिलालाई ४५ दिने सिलाई कटाई तालिम दिइएको हो ।

कावासोती नगर उपप्रमुख फुलकुमारी थनेतले समाजमा महिला, पुरुषबिच समानता ल्याउन चुलोचौकोमा सिमित रहेका महिलाहरुलाई सीप सिकाई आर्थिक रुपमा सक्षम बनाउन अति जरुरी रहेकाले यो तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा प्रयोग गरी आत्मनिर्भर बन्न तालिममा सहभागी महिलाहरुलाई आग्रह समेत गर्नुभयो । महिलाहरूलाई स्वरोजगार बनाउन यसअघि कृषि, ब्युटिसियन लगायतका तालिमहरू पनि सञ्चालन गरेको उहाँको भनाइ छ । कावासोती ६ का सिवानी भुर्तेलले आफूले केहि सीप सिकेर उद्यमी बन्न सकौ भन्ने उद्धेश्यले सिलाई कटाईको तालिम लिन आएको बताउनुभयो । आत्मनिर्भर हुन सके सामाजिक र पारिवारीक रुपमा हेर्ने दृष्टिकोणमा फरक आउने साथै परनिर्भता हट्ने हुनाले यो तालिम सिक्ना पाउँदा खुसी लागेको बताउनुभयो । श्रीमानको भर नपरी आफैले सीप सिकेर व्यवसाय गर्ने सोच रहेको उहाँले बताउनुभयो छ ।

त्यस्तै, कावासोती कै अनुस्का अधिकारीले पनि सिलाइ कटाइको तालिमबाट व्यवसाय के हो कसरी सञ्चालन गर्ने भन्ने कुरा तालिमबाट सिकेको बताउनुभयो । तालिममा बच्चा र महिलाका कपडा लगायतका सामग्रीहरू बनाउन सिकेको अधिकारीले बताउनुभयो । महिलाहरुलाई सीप सिकाई स्वरोजगार र आत्मनिर्भर बनाउन, आफैले सीप सिकेर आर्थिक उपार्जन गर्न सकेमा महिला हिंसाको कमी हुनुका साथै सुखी परिवार बनाउन समेत टेवा पुग्ने कावासोती ६ का वडाध्यक्ष यम बहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, महिलालाई कावासोती नगरपालिका र ६ नम्बर वडाले ४५ दिनको सिलाई कटाइको तालिम दिएको हो । पहिलो लेभलको सकिएको छ अब दोस्रो लेवलको तालिम दिन सके सवै डिजाइन अनुसारका सामग्रीहरू बनाउन सक्षम हुनेछन् । तालिम दिइसकेपछि व्यवहारमा लाग्ने दिनुपर्छ अधुरो दिएर के गर्ने, सिलाई कटाइको दोस्रो तालिम पनि छिट्टै दिने योजना बनाएको उहाँले बताउनुभयो । उद्यमी नहुँदा माग अनुसार पुयाउन सकिएको छैन । स्थानीय तहले दिएको तालिमबाट गाउँगाउँमा महिला उद्यमी तयार हुने आशा छ । सीपमूलक तालिमहरु सञ्चालन भएपनि दिगो नभएको भन्दै यो तालिम लिएका महिलाहरुले पनि सिकेको सीपको सदुपयोग गरी आयआर्जनमा लाग्ने विश्वास व्यक्त गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...