नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अध्यक्षमा रसाइली

Published on

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घमा अर्जुन रसाइलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । काठमाडौँमा आयोजना भएको महासङ्घको नवौँ, १० औँ र ११ औँ वार्षिक साधारण सभा तथा चौथो महाअधिवेशनले रसाइलीको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । यस्तै महासङ्घको वरिष्ठ उपाध्यक्षमा दियसरत्न शाक्य, प्रथम उपाध्यक्षमा धर्मसुन्दर वज्राचार्य, दित्तीय उपाध्यक्षमा वुद्धि दियाली, तृतीय उपाध्यक्षमा रूपदल विश्वकर्मा, एसोसिएटस उपाध्यक्षमा पवन सोमानी र महासचिवमा किरणभाई वज्राचार्य निर्वाचित हुनुभएको हो । यस्तै कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवमा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित हुनुभएको हो ।

यस्तै प्रत्येक प्रदेशबाट दुई जनाका दरले निर्वाचित हुने सदस्यमा कोशीबाट राजकुमार गुप्ता र जयप्रकाश गजमेर, मधेशबाट विकासकुमार सारडा र मनोजकुमार सर्राफ, बागमतीबाट प्रकाशचन्द्र शाक्य र जीवन शाक्य, गण्डकीबाट हिमबहादुर विश्वकर्मा र विनोदकुमार विक, लुम्बिनीबाट भीमसिंह विके र सञ्जय सोनी, कर्णालीबाट ज्ञानेन्द्रबहादुर विश्वकर्मा र मेघराज सुनार तथा सुदूरपश्चिमबाट गणेशबहादुर सुनार र रमेशबहादुर सुनार निर्वाचित हुनुभएको हो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...