रातो नदी लिएर जुनु

Published on

काठमाडौं । हङकङमा बस्दै आउनुभएकी बागलुङकी कवि जुनु रानाको प्रथम कविताकृति ‘रातो नदी’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले सो कृतिको शनिबार सार्वजनिक गर्नुभएको हो । पूर्वकुलपति काइँलाले चेतनालाई पक्रेर कविता लेखिरहेका कविका कवितामाथि चल्तीका भनिएका समालोचकको आँखा नपुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली साहित्यले आज एउटा दर्बिलो कृति पाएको छ । मूलधार भनिने एउटा पक्षले यो नहेरे पनि फरक पर्दैन । यस कृतिमा सबैथोक छन्, विषयवस्तु ओजिला छन् । उहाँले भन्नुभयो, संरचना, विम्ब, प्रतीक र अलङ्कारको प्रयोग बढो राम्रो छ । कविले फारो गरेर शब्द चलाएकी छिन् । कवि तथा प्राज्ञ श्रवण मुकारुङले ‘कमन’ लागिरहेको विषयलाई कवि रानाले नयाँ कोणबाट प्रस्तुत गरेको चर्चा गर्नुभयो । कवि तथा समालोचक डा। विन्दु शर्मा, कवि तथा सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा र कवि तथा आख्यानकार बिना थिङले कृतिमाथि समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...