झन्डै पन्ध्र हजारलाई रोजगारीको प्रतिबद्धता

Published on

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न ‘श्रमाधान रोजगार मेला’ मा विभिन्न रोजगारदाता प्रतिष्ठानबाट १४ हजार ७८८ व्यक्तिलाई रोजगारी दिने प्रतिबद्धता आएको तथ्य सार्वजनिक गरेको छ ।

श्रम मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमार्फत देशका सात प्रदेशमा सम्पन्न श्रमाधान रोजगार मेलाबाट त्यो सङ्ख्या रोजगारी दिने प्रतिबद्धता आएको तथ्य सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा श्रममन्त्री डोलप्रसाद अर्यालले सातै प्रदेशका रोजगारदाताबाट आएको प्रतिबद्धता अनुसार रोजगारी दिए वा नदिएको विषयमा मन्त्रालयले समिति बनाएर फलोअफ गर्ने तयारी गरेको जानकारी दिनुभयो । श्रम मन्त्रालयका अनुसार जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेला बागमती प्रदेशको ललितपुरमा आएर जेठ ३० गते सम्पन्न भएको थियो । मेलामा १७ हजार ९२१ जनाले रोजगारीका लागि आवेदन दिएका थिए ।

मन्त्रालयका अनुसार ४१ हजार ३२५ जनाले मेला अवलोकन गरेका छन् । मेलामा सरकारी, गैरसरकारी र निजी क्षेत्रसहितका ३२२ वटा स्टल राखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मेलामा विभिन्न शीर्षकका ३६ वटा कार्यशाला पनि सञ्चालन गरिएको थियो । सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, विकास साझेदार गरी ३३५ सङ्घ संस्थासँग सहकार्य गरिएको मेलाको संयोजन श्रम मन्त्रालयले गरेको थियो । उहाँका अनुसार मेलामा ९३ लाख छ हजार ९६३ रहेकोमा ८५ लाख ३३ हजार ८६५ रुपियाँ खर्च भएको छ । पत्रकार सम्मेलनमा सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ मा रोजगारदाताले प्रतिबद्धता जनाए अनुसार रोजगारी प्रदान भए नभएको मन्त्रालयले रेकर्ड राख्ने जानकारी दिनुभयो । “मेला मात्रै सम्पन्न भयो तर रोजगारदाताले प्रतिबद्धता जनाए अनुसारको युवालाई रोजगारी दिए नदिएको विषयमा मन्त्रालयले निरन्तर जानकारी लिने छ,” उहाँले भन्नुभयो । रोजगारीका लागि आवेदन दिने युवाले पनि रोजगारी पाए नपाएको मन्त्रालयले जानकारी लिने जनाइएको छ ।

मेलामा सिप विकास कार्यशाला, नेटवर्किङ सत्र, स्टल र रोजगारीका अवसरका प्यानल छलफल सञ्चालन गरिएको थियो । तिनमा १७६ भन्दा बढी विज्ञले वक्ताका रूपमा सहभागिता जनाएका थिए । रोजगारी सिर्जना, योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम आप्रवासन, व्यावसायिक सिप विकास, उद्यमशीलता विकास र यस क्षेत्रका समस्या, चुनौती तथा आगामी कार्यदिशाका सम्बन्धमा छलफल चलाइएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...