पर्यटनमा भविष्य खोज्दै चौबिसे

Published on

काठमाडौं । पर्यटकीय नगरी भेडेटारबाट पूर्वमा रहेको चौबिसे क्षेत्र धनकुटाको एक महìवपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको छ । यो क्षेत्र भएर जाने भेडेटार–राजारानी–रबिराँके सडक आसपास दर्जनौँ त्यस्ता स्थान छन् जसले पर्यटकलाई अधिक लोभ्याउने गर्छ । रानीताल, राजापोखरी, काँगडा ताल, तालमा निर्माण गरिएको नागदेवीको मन्दिर, रानीपोखरी, नागबेली पार्क, बिचमा पर्ने साना साना उपत्यका, अग्ला डाँडा, विभिन्न मन्दिर, थुम्की, मगर बस्ती तथा माझी बस्ती यहाँका मुख्य आकर्षण हुन् । पछिल्लो समय ती क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक पुग्ने गरेको चौबिसे गाउँपालिकाका उपाध्यक्ष टङ्कमाया पाङ्मीमगर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीसँग त्यस्ता धेरै स्थान छन् जसले पर्यटकलाई आकर्षित गर्छन् । पहिले पूर्वाधार अभावमा यी ओझेलमा थिए । अहिले सडक विकाससँगै पर्यटकीय गन्तव्य बन्दै छन् ।”

केही वर्षअघिसम्म रानीताल मात्र हेर्न पाइने चौबिसेमा अहिले भने अन्य तालसहित धेरै गन्तव्य थपिने व्रममा छन् । भेडेटार–राजारानी–रबिराँके सडकखण्ड निर्माणको व्रममा छ । डाँडैडाँडा निर्माण भएको यो सडक आफैँमा एक पर्यटकीय मार्ग हो । यो सडकबाट तराईको फाँटदेखि पहाडी डाँडा तथा विभिन्न हिमाल हेर्दै यात्रा गर्न सकिन्छ । यहाँका कला संस्कृतिसहित विभिन्न ताल, साना साना उपत्यका, झरना, मनमोहक थुम्कीले मन लोभ्याएको पाँचथरबाट घुम्न आउनुभएका सेनेहाङ लावती बताउनुहुन्छ । यो सडक निर्माण भएपछि चौबिसे गाउँपालिका पर्यटकको मुख्य रोजाइमा पर्न सफल हुने गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ बताउनुहुन्छ । अहिले पर्यटकीयस्थलमा पूर्वाधार निर्माणको काम गरिरहेको चौबिसेले भेडेटार–राजारानी–रबिराँके सडकखण्ड निर्माण सम्पन्न भएपछि पर्यटन वर्षका रूपमा घोषणा गरेर पर्यटक भिœयाउने तयारी पनि गरेको छ ।

पालिकाले अहिले ५२ पर्यटकीय गन्तव्य घोषणा गरेर पूर्वाधार निर्माणको काम गरिरहेको छ । करिब पाँच वर्षयता ती स्थलमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको गरी पाँच करोड रुपियाँभन्दा बढी लगानी भएको पालिका अध्यक्ष लिम्बू बताउनुहुन्छ । अझ धेरै काम बाँकी नै रहेकाले लगानी थपेर सुन्दर चौबिसे निर्माणको काममा लागेको उहाँको भनाइ छ । यी स्थानसम्म पुग्ने सडक, सिँढी, फुटपाथ, ताल निर्माणका लागि बाँध, वनभोेज स्थल आदि निर्माणको काम भइरहेको छ । चौबिसेको भविष्य कृषिसँगै पर्यटनमा रहेकाले अघिल्लो कार्यकालबाटै पर्यटन पूर्वाधारमा लगानी गरिरहेको चौबिसे गाउँपालिकाका निवर्तमान उपाध्यक्ष यज्ञकुमारी रुचाल बताउनुहुन्छ । अहिले त्यस क्षेत्रका स्थानीय पनि उत्साही हुने गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...