होटल ग्यालेरीबाट अवैध लागूऔषधसहित दुई तानजेनियन नागरिक पक्राउ

Published on

काठमाडौं । काठमाडौँ महानगरपालिका(१६ स्थित होटल ग्यालेरीबाट अवैध लागूऔषध कोकिनसहित दुई तानजेनियन नागरिक पक्राउ परेका छन् । शनिबार दिउँसो प्रहरीले एक किलो दुई सय ४७ ग्राम ७६ मिलिग्रामसहित तानजेनियन नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा तानजेनियन नागरिकहरू ५२ वर्षीय रामधानी सिम्बा मवाबुम्बार ५६ वर्षीय तवालिब किपेवु पशुआ रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर २०४ बाट रामधानीलाई जुसको बट्टाभित्र ३५ वटा क्याप्सुलमा रहेको ६ सय ६ ग्राम ५५ मिलिग्राम र सोही होटलको कोठा नम्बर २०५ बाट तवालिबलाई जुसको बट्टाभित्र ३७ वटा क्याप्सुलमा रहेको ६ सय ४१ ग्राम २१ मिलिग्राम कोकिनसहित पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...