पाकिस्तान र इरानबाट करिब एक लाख १५ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता

Published on

काठमाडौं । गत एक महिनामा करिब एक लाख १५ हजार अफगानी शरणार्थी छिमेकी देश पाकिस्तान र इरानबाट स्वदेश फर्केका छन् ।

अफगानी नागरिक पाकिस्तान र इरानबाट स्वदेश फर्केको स्थानीय मिडिया टोलो न्यूज च्यानलले मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीलाई उद्धृत गर्दै जनाएको छ । हक्कानीले फर्केका मानिसहरूलाई नगद र खाना वितरण गरिएको बताउनुभएको छ । रिपोर्टका अनुसार २.५ मिलियनभन्दा बढी अफगानी शरणार्थीहरू पाकिस्तानमा बसिरहेका छन् भने लगभग समान सङ्ख्या इरानमा पनि छन् । अफगान कार्यवाहक सरकारले विदेशमा रहेका अफगान आप्रवासीहरूलाई घर फर्कन र आफ्नो युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान गर्न आग्रह गर्दै आएको छ । रासस\सिन्ह्वा

spot_img

ताजा समाचार

बृहत् पाशुपत पदयात्रा हुने

काठमाडौं । पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा...

निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१...

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको...

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...