बाँकेमा ३१ हजार १५९ सवारी साधनलाई कारवाही, दुई करोड ४४ लाख जरिवाना

Published on

काठमाडौं । बाँकेमा चालु आर्थिक वर्ष २०८०/०८१ को असार पहिलो सातासम्म ३१ हजार १५९ सवारी र ढुवानीका साधनलाई कारवाही गरिएको छ। दैनिकजसो ट्राफिक नियम सम्बन्धी जानकारी दिँदै आएपनि जिल्लामा ३१ हजार १५९ सवारी साधनले नियम विपरित गाडी चलाएको पाइएकोले उनीहरुलाई कारवाही गरेर जरिवाना समेत असुल गरिएको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले बताउनुभयो। उहाँले ती सवारी साधनलाई कारवाही गरेर दुई करोड ४४ लाख २७ हजार रुपियाँ जरिवाना राजस्व संकलन समेत गरिएको बताउनुभयो। ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख सुवेदीका अनुसार लामो दुरीको यात्रामा दुई जना चालक नराख्ने ११० सवारी साधनलाई कारवाही गरेर एक लाख १० हजार राजस्व संकलन भएको छ।

सोही प्रकारले चालकको लापरबाही र सर्वसाधारणले सडक अनुशासन पालना नगर्दा मानिसको ज्यान जाने हुँदा ट्राफिक नियम कडाइ र जानकारीको लागि दुई हजार ३२६ पटक एक लाख २० हजार ३६५ जना व्यक्ति र जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम गरिएको प्रमुख सुवेदीले बताउनुभयो। यो वर्षमा ट्राफिक नियम उलंघन गर्ने धेरै सवारी साधनलाई गरिएको कारवाहीका कारण दुर्घटनामा केही कमी भएको बाँके ट्राफिक कार्यालयले जनाएको छ। जिल्लामा विभिन्न सवारी साधन दुर्घटनाबाट ६३ जनाले ज्यान गुमाएको सो कार्यालयले जनाएको छ।

सडक दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल ११२, ट्रक १८, टिप्पर ४, बस १३, माइक्रो ४, जिप कार १७, ट्याक्टर ८, टेम्पो १२, र अन्य २२ गरेर २१० रहेको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख सुवेदीले जानकारी दिनुभयो। ती दुर्घटनामा सबैभन्दा बढी पुरुष ४५ जनाको मृत्यु भएको छ भने महिला १६, बालक दुई गरी ६३ जनाको मुत्यु भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ। अवधिमा सवारी दुर्घटनामा १०२ गम्भीर घाइते भएका छन् भने ९९ साधारण घाइते भएका छन्। यो अवधिमा सवारी दुर्घटनामा १० पशुचौपाया समेत मरेका छन् भने ३ घाइते भएको तथ्याङ्कमा उल्लेख छ। ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज–सुर्खेत सडकखण्ड, पूर्व पश्चिम राजमार्गको ढकेरी–शम्शेरगन्ज सडकखण्ड र नेपालगन्ज–गुलरिया सडकखण्डमा बढी दुर्घटनाहरु हुने गरेको पाइएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...