निजामती कर्मचारीको वृत्ति विकासको प्रक्रिया प्रारम्भ

Published on

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा वृत्ति विकासका लागि प्रक्रिया प्रारम्भ गरेको बताउनुभएको छ ।

नयाँ संविधान जारी भएपछि पनि सङ्घीय निजामती सेवा ऐन लामो समयसम्म संशोधन नहुँदा काम अगाडि बढ्न नसकेको उहाँले स्वीकार गर्नुभयो । विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकहरूमध्ये सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सम्बन्धमा सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफमा मन्त्री जोशीले सङ्घीय निजामती ऐन जारी हुन नसक्दा कर्मचारीको सरुवा(बढुवा तथा अन्य काम कारबाहीमा जटिलता पैदा भएको मन्त्री जोशीको भनाइ छ ।

“धेरैजसो कर्मचारी सङ्घमा बस्न खोज्ने, प्रदेश र स्थानीय तहमा जान नखोज्ने प्रवृत्ति पनि देखिएको छ । त्यसलाई समाधानका लागि सङ्घीय निजामती ऐन नै उपयुक्त विधि हुन्छ । त्यसका लागि मैले हदैसम्मको प्रयत्न गरेको छु”, मन्त्री जोशीले भन्नुभयो । दुई वर्षसम्म कुनै पनि कर्मचारीलाई सरुवा नगर्ने तथा उनीहरुको वृत्ति विकासको व्यवस्था हुने उहाँले बताउनुभयो । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...