‘बजेटमाथि छलफल सुरु हुन सकेन’

Published on

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ल्याएको बजेट अरु प्रदेशले पारित गरिसक्दा समेत सुदूरपश्चिम प्रदेशमा बजेटमाथि छलफल सुरु हुन सकेको छैन । प्रदेश सरकारले बजेट सार्वजनिक गरेको तीन साता पुग्न लाग्दासम्म बजेटमाथि छलफल सुरु हुन नसकेको हो । गएको असार १ गते आगामी आर्थिक वर्षका लागि आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रस्तुत गर्नु भएको थियो । संसदीय व्यवस्थामा प्रदेश सभामा बजेटमाथि छलफल गरेर सर्वसम्मत वा बहुमतले पारित गर्ने व्यवस्था रहेको छ । बजेटमाथि अहिलेसम्म सभामा छलफल सुरु नभएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । सत्तारुढ दल नेकपा (एमाले) ले भने सदन नचलेका कारण बजेटमाथि छलफल सुरु हुन नसकेको जनाएको छ । “बजेटमाथि छलफल गर्न सदन चल्नु पर्छ”, एमाले संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भन्नुभयो, “सदन चलेको छैन । कसरी छलफल हुनु रु”

सुदूरपश्चिम प्रदेश सभाको पछिल्लो बैठक असार १ गते बसेको थियो । सभामुख भीमबहादुर भण्डारीले अर्को सूचना जारी नगरुञ्जेल अनिश्चित समयसम्मका लागि बैठक स्थगित गर्नुभएको छ । पछिल्लो परिवर्तित राजनीतिक घटनाका कारण सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पास हुने वा नहुने अन्यौलता बढेको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)बिच भएको सत्ता समिकरण सहमतिले प्रदेश सरकार अल्पमतमा पर्ने देखिएको छ । सत्तारुढ दल एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएमा बजेट पास नहुँदै सरकार ढल्ने सम्भावना छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...