कङ्गोमा आक्रमणपछि चार चिनियाँ नागरिकको मृत्यु भएको आशङ्का

Published on

काठमाडौं । चीनले बिहीबार डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा भएको सशस्त्र आक्रमणमा आफ्ना धेरै नागरिक मारिएको तथा बेपत्ता भएको पुष्टि गरेको छ ।

स्थानीय स्रोतले बुधबार सुनको धनी इटहरी प्रान्तको खानी स्थलमा सशस्त्र लडाकुको आक्रमणमा कम्तीमा चार चिनियाँ नागरिकको मृत्यु भएको जनाएको छ । बेइजिङको विदेश मन्त्रालयले डीआरसीमा रहेको एक निजी चिनियाँ कम्पनीमा सशस्त्र बलले आक्रमण गरेको जनाएको छ । आक्रमणपछि धेरै चिनियाँ नागरिकको मृत्यु भएको वा बेपत्ता भएको मन्त्रालयले जानकारी दिएको छ । चीनले आक्रमणको कडा निन्दा गरेको र सरकारले हत्याराहरूलाई सकेसम्म चाँडो खोजी गरी कानुन अनुसार कडा सजाय दिन माग गरेको मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा बताउनुभयो ।

कङ्गोका बासिन्दा र चिनियाँ खानी मजदुरबिच सुनको विषयमा द्वन्द्व भएजस्तै डीआरसीका खनन स्थलमा आक्रमणहरू हुने गर्छन् । केही स्थानीय स्रोतले बुधबारको घटनामा स्थानीय लडाकु समूह, कोडेकोको संलग्नता रहेको बताएका छन् । कोडेकोले प्रतिद्वन्द्वी हेमा जनजातिविरुद्ध लेन्दु जनजातिको हितको रक्षा गर्ने दाबी गर्दछ । कोडेकोले चिनियाँ खनन स्थलमा आक्रमण गरेको पुष्टि इटहरीको जुगु क्षेत्रको अबोम्बी सहरबाट नजिकै प्रान्तीय सहायक जीन–पियरे बिकिलिसेन्डेले जनाउनुभयो । चार चिनियाँ मारिएको तथा दुई कङ्गोली सेनाका सदस्य घाइते भएको पहिलो सङ्ख्या पुष्टि भएको उहाँले बताउनुभयो । अन्य स्थानीय स्रोतहरूले छ जना चिनियाँ नागरिक, उनीहरूका अङ्गरक्षक र दुई कङ्गोली सैनिक र दुई सर्वसाधारणको मृत्यु भएको जनाएका छन् । रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...