सहकारी संसदीय छानबिन विशेष समिति, सरोकारवालासँग परामर्श तीव्र

Published on

काठमाडौं । सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले नीति निर्माण, संरचनागत व्यवस्थापनसहित सहकारी क्षेत्रका बेथिति निराकरणका सन्दर्भमा सरोकारवालासँगको परामर्श तीव्र पारेको छ ।

समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार समितिको बिहीबारको बैठकमा समस्यामा परेका सहकारीको विभिन्न निकायबाट भइरहेको छानबिन, अनुसन्धानसहित नीतिगत तहको छलफल भएको हो । महालेखा परीक्षक तोयम राया, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्टराई, सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेसहितका पदाधिकारीसँग सहकारीको नियमनको स्थिति, प्रभावकारी निकायको आवश्यकतासहितका विषयमा छलफल भएको छ । सभापति थापाले समितिले माग गरेका कागजात छिटो उपलब्ध हुने गरी संयोजन गर्न सहकारी विभागको नेतृत्वलाई ध्यानाकर्षण गरिएको बताउनुभयो । उहाँका अनुसार शुक्रबारको बैठकमा गृह मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख र अपराध अनुसन्धान विभागका प्रमुखसँग सहकारीका समस्या र भइरहेको अनुसन्धानका सन्दर्भमा छलफल हुने छ ।

उहाँले २०७५ देखि नै सहकारीका समस्याका सन्दर्भमा महालेखाको प्रतिवेदनमा र विशेष गरी महालेखाको ६० औँ र ६१ औँ प्रतिवेदनमा सहकारी क्षेत्रका समस्याबारे उल्लेख भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यद्यपि महालेखाको कार्यक्षेत्र सिधै सहकारी संस्थासम्म जोडिँदैन । सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्डसँग जोडिन्छ । सभापति थापाले सहकारी विभागले सहकारी क्षेत्रको सूचना प्रणाली तयार गरेको भए पनि त्यसको कार्यान्वयन राम्रोसँग नभएको पाइएको बताउनुभयो । उहाँका अनुसार महालेखा परीक्षक रायाले सहकारी क्षेत्रलाई व्यवस्थित गर्ने सन्दर्भमा कुरा राख्नुभएको छ । त्यसै गरी शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक भट्टराईले सम्पत्ति शुद्धीकरण गर्नुपर्नेसहित सुपरीवेक्षणका सन्दर्भमा देखाइएका हैसियतको सम्बोधन र कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार सम्पत्ति शुद्धीकरण विभागले विभिन्न सहकारी संस्थाको अध्ययन गरेको छ ।

विभागले समस्याग्रस्त सहकारीहरू पशुपति सेभिङ क्रेडिट कोअपरेटिभ लिमिटेड, शिव शिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, कृषि विकास बहुद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र गौतमश्री बहुद्देश्यीय सहकारी संस्था लिमिटेडमाथि अध्ययन अनुसन्धान गरिरहेको छ । त्यसै गरी इमेज बचत तथा ऋण सहकारी संस्था, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारीमाथि पनि विभागले अध्ययन अनुसन्धान गरिरहेको छ । उहाँका अनुसार ३९ वटा सहकारी छानबिन प्रक्रियामा रहेका, समस्याग्रस्त ११ वटामध्ये चार वटाको अध्ययन पूरा भएको छ । उहाँले सहकारी रजिस्ट्रारसँग पत्राचार गरेर मागिएको कागजातका सन्दर्भमा छलफल भएको बताउनुभयो । उहाँले २९ सहकारीका सञ्चालकलाई देशविदेशमा जहाँ भए पनि समितिको सम्पर्कमा आउन आग्रह गर्नुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...