नारायणीमा बाढी, सतर्कता अपनाउन आग्रह

Published on

काठमाडौं । अघिल्लो दिनदेखि लगातार परेको अविरल वर्षाका कारण शनिबार बिहानदेखि नारायणी नदीमा निरन्तर बाढी बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल मापन केन्द्र देवघाटले शनिबार बिहान ११ बजे दिएको जानकारीअनुसार १०ः ४० बजे गरिएको मापनमा पानीको सतह सात मिटर ३९ सेन्टीमिटर पुगेको जनाएको छ । जवकी सात मिटर ३० सेन्टिमिटरभन्दा माथिको सतहलार्इं सचेत तहको रुपमा मानिन्छ । नौ मिटरभन्दा माथिलाई खतराको तह पार गरेको मानिन्छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जल मापन केन्द्रले दिएको उक्त जानकारीलाई आधार मान्दै नदी किनारका बस्तीका बासिन्दालाई सचेत रहन आग्रह गर्नु भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...