अवरुद्ध गोरुसिङ्गे सन्धिखर्क सडक खुल्यो

Published on

काठमाडौं । निरन्तरको वर्षाका कारण शुक्रबार रातिदेखि अवरुद्ध गोरुसिङ्गे सन्धिखर्क सडक खुलेको छ । सन्धिखर्क नगरपालिका– ६ दहखोला र बहोखरमा पहिरो खसेको हटाएपछि शनिबार बिहान ११ बजेदेखि सडक सुचारु भएका प्रमुख जिल्ला अधिकारी जिल्ला सूर्यबहादु खत्रीले जानकारी दिनुभयो ।

घुम्तीदेखि पत्थरकोटसम्मको बाटो एकतर्फी खोलिएको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । लगातारको वर्षाका कारण थप पहिरो जानसक्ने खतरा कायमै रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरको छ । वर्षात भने रोकिएको छैन । जिल्लाका ग्रामीण सडकहरुमा पनि पहिरो गएकाले सतर्कताका साथ यात्रा गर्न स्थानीय पालिकाहरु अनुरोध गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...