चार वटा गाईको जीवितै उद्धार

Published on

काठमाडौं । मकवानपुरमा वर्षाका कारण गाई फार्मको गोठ भास्सिएर पुरिएका चार वटा गाईलाई जीवितै उद्धार गरिएको छ । मकवानपुर गढी गाउँपालिका २ छाप कीर्तिडाँडास्थित बेबी एग्रिकच्चरको गाई फार्मको गोठ शनिवार बिहान अविरल वर्षासँगै ७ः३० बजेको समयमा भास्सिएपछि फार्ममा रहेका चार वटा गाई पुरिएका थिए ।

मकवानपुर गढी गाउँपालिका २ का वडाध्यक्ष बखानसिं पाख्रिनले गोठको छानालगायतले पुरिएको अवस्थामा स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा लामो प्रयासपछि गाईलाई जीवितै उद्धार गरिएको जानकारी दिनुभयो । सन्तकुमार घलानसहित दुई जनाले सञ्चालन गर्दै आउनुभएको फार्मको नयाँ संरचना भएकोले भास्सिएको हुनसक्ने वडाध्यक्ष पाख्रिनले बताउनुभयो । फार्ममा गाई हेरालुको काम गर्दै आउनुभएका तेजबहादुर मोक्तानको चार दिनकी सुत्केरी श्रीमती भने भास्सिएको गोठबाट भागेर ज्यान जोगाउन सफल हुनुभएको छ ।

वडाध्यक्ष पाख्रिनले गोठ एक्कासि भास्सिन थालेपछि बच्चासहित हाम फालेर ज्यान जोगाउन सफल भएको र सामान्य दक्खल पुगेको भन्दै गाई फार्मको नयाँ संरचना भएकोले भास्सिएको हुनसक्ने बताउनुभयो । तेजबहादुर बिहान दूध बिक्री गर्न गएको समयमा गोठ भास्सिएको थियो । यसैबिच अविरल वर्षाको कारण हेटौँडा उपमहानगरपालिका ५ को विभिन्न स्थान शनिवार डुबानमा परेको छ । मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीको नेतृत्वमा प्रभावित क्षेत्रमा उद्धार कार्य गरिएको थियो । वर्षाको कारण करिब २५ वटा घर डुबानमा परेको र मानवीय क्षति नभएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...