सिड्नीमा घरेलु हिंसाको आरोपमा पपुवा न्यू गिनीका मन्त्री पक्राउ

Published on

काठमाडौं । पपुवा न्यू गिनीका पेट्रोलियम मन्त्री जिमी मालादिनालाई अस्ट्रेलियाको सिड्नीमा घरेलु हिंसाको आरोपमा पक्राउ गरिएको छ ।

पूर्वी सिड्नीको उपनगर बोन्डीमा पक्राउ परेका मन्त्रीलाई घरेलु हिंसाको अभियोग लगाइएको अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन ९एबीसी० ले आइतबार समाचारमा उल्लेख गरेको छ । स्थानीय समयअनुसार शनिबार बिहान करिब १० बजे घरेलु विवादपछि प्रहरीलाई बोन्डीस्थित एक घरमा बोलाइएको थियो । आरोपित ५८ वर्षीय पुरुषसँग भएको विवादपछि ३१ वर्षीया एक महिलालाई चोट लागेको भन्दै प्रहरीमा परेको उजुरीका आधारमा अधिकारीले ती महिलासँग कुराकानी गरेका थिए ।

महिलासँगको कुराकानीपछि मालादिनालाई गिरफ्तार गरिएको थियो र प्रहरी चौकीमा लगिएको थियो । उहाँविरूद्ध वास्तविक शारीरिक क्षति पुर्‍याएको आरोपबारे अनुसन्धान भइरहेको छ । एबीसीले मालादिनाको बयानलाई उद्धृत गर्दै भनेको छ, “उहाँले अनुसन्धानमा सहभागी भएर अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहनुभएको छ । मन्त्रीलाई सशर्त जमानत दिइएको र बिहीबार अदालत उपस्थित गराउने बताइएको छ । राससरसिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...