राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ

Published on

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जगन्नाथ रथ यात्राको शुभारम्भ गर्नुभएको छ । आइतवार काठमाडौंको प्रज्ञा भवनबाट रथ तानेर राष्ट्रपति पौडेलले जगन्नाथ रथ यात्राको शुभारम्भ गर्नुभएको हो ।

जगन्नाथ रथ यात्रा हरेक वर्ष असार शुक्ल पक्षको द्वितीया तिथिबाट सुरु हुने गर्दछ । सो अवसरमा राष्ट्रपति पौडेलले जगन्नाथको मूर्तिमा फूलअक्षताले पूजा गर्नुका साथै आरती समर्पणसहित रथमा राखिएको मूर्तिदर्शन गर्नुभएको थियो । जगन्नाथलाई भगवान श्रीविष्णुको रुपमा लिने गरिन्छ । धार्मिक मान्यताअनुसार एक पटक बहिनी सुभद्राले आफ्ना भाइ कृष्ण र बलरामलाई शहर हेर्ने इच्छा व्यक्त गर्नुभयो । त्यसपछि दुवै दाजुभाइले बहिनी सुभद्राको लागि तयार पारेको भव्य रथ ल्याइ त्यसमा सवार तीनै जना शहर घुम्न निस्किए । बाटोमा तीनै जना गुण्डिचामा काकीको घरमा गए र त्यहाँ ७ दिन बसेको जनश्रुती छ । शहरको भ्रमण सकेर पुरी फर्किए । त्यसबेलादेखि हरेक वर्ष तीनै दाजुभाइ र दिदीबहिनी रथमा चढेर सहर घुम्न र काकीको घर गुण्डिचा मन्दिर गए । यीमध्ये बलरामको रथ अगाडि, बहिनी सुभद्राको रथ बिचमा र जगन्नाथको रथ पछाडि रहने परम्परा छ । गोरखापत्र

spot_img

ताजा समाचार

बृहत् पाशुपत पदयात्रा हुने

काठमाडौं । पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा...

निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१...

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको...

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...