‘वर्षातमा खानेपानी तथा सरसफाईमा ध्यान दिउँ’

Published on

काठमाडौं । विपदको समयमा खानेपानी तथा सरसफाईमा विशेष ध्यान दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो । यो समयमा विभिन्न संक्रामक रोगको जोखिम बढी हुने भएकाले मन्त्रालयले यस्तो आग्रह गरेको छ । मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा। समिरकुमार अधिकारीले वर्षातको समयमा झाडा–पखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया, रुघाखोकीजस्ता पानीजन्य, संक्रमण रोगको जोखिम बढी हुने बताउनुभयो । उहाँका अनुसार यस्ता रोगबाट बच्न खानपिन तथा सरसफाइमा विशेष ध्यान दिनुपर्छ । उहाँले पानी क्लोरीन, झोल वा ट्याबलेट हालेर वा उमालेर पानीलाई शुद्धिकरण गरेमात्र पिउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “यस्ता रोगबाट बच्न शुद्धिकरण गरेको सफा भाँडामा छोपेर राखेको पानी पिउने, सडेगलेका, बासी, झिंगा भन्केका खानेकुरा नखाने, काँक्रो, गाँजर, फलफुलजस्ता काँचै खान मिल्ने खानेकुरा राम्ररी धोएर खाने गर्नुपर्छ ।”

जथाभावी दिसा पिसाब नगर्ने, र नगरउने, चर्पीमा मात्र दिसा पिसाब गर्ने गराउने र बच्चाको दिसालाई चर्पीमा बिसर्जन गर्न उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “रोग लाग्नबाट बच्न खाना पकाउनुअघि, खाना खानुअघि, बच्चालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसापिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि र बच्चाको दिसा धोएपछि साबुनपानीले मिचिमिचि हात धुनुपर्छ । फोहोरलाई सधै निश्चित ठाउँमा सही तरीकाले व्यवस्थापन गर्न र खोक्दा हाच्छ्यु गर्दा सफा कपडाले नाकमुख छोप्न उहाँको सुझाव छ । झाडापखाला, हैजा आउँ, निमोनिया रुघाखोकी तथा टाइफाइडजस्ता पानीजन्य रोगको लक्षण देखिएमा हेलचेक्राई नगरी तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न उहाँको सुझाव छ। गोरखापत्र

spot_img

ताजा समाचार

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली...

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...