दक्षिणी श्रीलङ्कामा हात्तीको आक्रमणबाट १३ जना घाइते

Published on

काठमाडौं । दक्षिणी श्रीलङ्कामा आयोजित एक धार्मिक शोभायात्राका क्रममा शनिबार राति हात्तीको आक्रमणमा करिब १३ जना घाइते भएको प्रहरीले आइतबार जनाएको छ ।

रुहुनु कटारागामा महादेवाला शोभायात्रा श्रीलङ्काको उवा प्रान्तको कटारागामामा आयोजित एक प्रमुख धार्मिक र सांस्कृतिक कार्यक्रम हो । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र कसैलाई पनि गम्भीर चोट नलागेको प्रहरीले जनाएको छ । रङ्गिन लुगाले सजाइएको हात्तीहरू श्रीलङ्काको धार्मिक कार्यक्रमहरूमा प्रमुख आकर्षण र परम्परा हुन् । तर यस्ता कार्यक्रममा हात्तीको आक्रमणका घटनाहरू सामान्य हुन् । हात्तीलाई शान्त पार्न शोभायात्रामा चर्को आवाज नगर्न प्रहरीले आग्रह गरेको छ । राससरसिन्ह्वा

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...