दुई सय विद्यार्थीको निःशुल्क मुटु परीक्षण

Published on

काठमाडौं । नेपालगन्जका सामुदायिक विद्यालयका दुई सय विपन्न विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरिएको छ ।

बालबालिकाको मुटु, बाथरोग र जन्मजात मुटुसम्बन्धी समस्याको पहिचान गरी उपचारको पहुँचमा ल्याउने उद्देश्यका साथ विपन्न विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरेर परामर्श सेवा समेत प्रदान गरिएको हो । तेजस्वी हर्ट सेन्टर र लायन्स क्लव अफ नेपालगन्ज जीवनको संयुक्त आयोजनामा नेपालगन्जस्थित युद्ध संस्कृत माविका विद्यार्थीहरुलाई लक्षित गरेर निःशुल्क मुटुको चेकजाँच तथा परामर्श सेवा प्रदान गरिएको हो । तीन दिनसम्म चलेको उक्त शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा। विकास नेपालले विद्यार्थीहरुको मुटुको चेकजाँच गरेर विभिन्न परामर्श दिनुभयो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा। नेपालले बालबालिकामा मुटु, बाथरोग र जन्मजात मुटुसम्बन्धी समस्याको पहिचानगरी उपचारको पहुँचमा ल्याउन यो कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने जानकारी दिनुभयो ।

विद्यालयका सबै दुई सय बालबालिकाहरुको इको गरिएकोमा केहीमा मुटु बाथरोगको लक्षण चिह्न देखिएको उहाँले बताउनुभयो । पाँच वर्षदेखि १७ वर्ष उमेर समूहका सबै बालबालिकाहरुको इको गरिएको थियो । निम्न आयस्तर, गरीब तथा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने सो विद्यालयमा यस खालको स्वास्थ्य सेवाले बालबालिकाहरुलाई ठुलो राहात मिलेको विद्यालयले जनाएको छ । डा।नेपालका अनुसार पछिल्लो समय मुटु बाथरोगको समस्या बालबालिकामा पनि धेरै देखिने गरेको छ । समयमै उपचार पाए निको हुने यो रोगको पहिचानमा अभिभावकहरुले समयमै चासो दिनुपर्नेमा उहाँको जोड छ । चिकित्सकहरुका अनुसार किशोरावस्थामा घाँटीमा हुने सङ्क्रमणलाई बोलीचालीमा टन्सिल भएको भनिन्छ भने त्यसको चिकित्सिय नाम चाहीँ टन्सिलाइटिस हो । यो समस्या घाँटीको ग्रन्थीमा सङ्क्रमण भई सुन्निने, निल्न गाह्रो हुने, दुख्ने जस्ता यो समस्या ‘स्ट्रेप्टोकोकस व्याक्टेरिया’का कारणले हुन्छ । टन्सिलाइटिसको समयमा उपचार नभएमा मुटु बाथ रोग लाग्नसक्छ । समयमै राम्रो उपचार भयो भने त्यो समस्या त्यहीँ निको हुने चिकित्सकहरु बताउँछन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...