भारतका प्रधानमन्त्री मोदी रूस र अस्ट्रिया भ्रमणका लागि प्रस्थान

Published on

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार दुई राष्ट्रको भ्रमणका लागि रूसको मस्को प्रस्थान गर्नुभएको छ । उहाँलाई राष्ट्रपति भ्लादिमिर पुटिनले २२ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गर्नुभएको हो ।

भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदी रूस र अस्ट्रियाको भ्रमणमा जानुभएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार भ्रमणको पहिलो चरणमा २२ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा सहभागितालगायत आवश्वक गतिविधि बढाउने अवसरको साझेदारी बन्नेछ । रूसको भ्रमणपछि, प्रधानमन्त्री मोदी जुलाई ९ र १० मा अस्ट्रियाको ऐतिहासिक भ्रमणमा रहनुहुनेछ । यो भारतीय प्रधानमन्त्रीको ४१ वर्षपछिको अस्ट्रिया भ्रमण हो । यसअघि एएनआईसँग कुरा गर्दै विदेशमन्त्री एस जयशङ्करले यो भ्रमण प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनका लागि समयसापेक्ष तथा सम्बन्धबारे छलफल गर्ने ठूलो अवसर हुने बताउनुभएको थियो ।

दुई राष्ट्रको वार्षिक शिखर सम्मेलनमा केही ढिलाइ भएता पनि परम्परागत र बलियो इतिहास भएकोले उहाँले वार्षिक शिखर सम्मेलनको आवश्यकतालाई महत्त्व दिएको बताउनुभयो । रूसका लागि भारतीय राजदूत विनय कुमारले प्रधानमन्त्री मोदीले सोमबार नै रूसी नेता पुटिनलाई भेट्ने बताउँदै यो भ्रमण निकै महत्त्वपूर्ण भएको बताउनुभयो । भारतीय राजदूतले कार्यक्रममा रूसी राष्ट्रपति पुटिनसँगको निजी बैठक, प्रतिनिधिमण्डल स्तरको वार्ता, रोसाटम प्याभिलियनमा रहेको प्रदर्शनी केन्द्र भ्रमण र विभिन्न सम्झौतामा हस्ताक्षर र आदानप्रदान गर्ने तयारी गरिरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीको रुस भ्रमणको विवरण सार्वजनिक गर्दै विदेश सचिव विनय क्वात्राले सन् २०२२ मा उज्बेकिस्तानको समरकन्दमा भएको अनौपचारिक भेटपछि दुवै नेताले धेरै पटक फोनमा कुरा गरेको बताउनुभयो । भारत र अस्ट्रियाले कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा भएको प्रधानमन्त्री मोदीको अस्ट्रिया भ्रमणका अवसरमा उहाँले अस्ट्रियाका चान्सलर कार्ल नेहमरसँग दुई देशबिचको सम्बन्ध बलियो बनाउन र सहयोगका नयाँ आयामहरू खोजी गर्ने बिषयमा गहन छलफल गर्नुहुनेछ । रासस\एएनआई

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...