मानव अधिकार संरक्षणमा एम्नेष्टीको चर्चा

Published on

काठमाडौं । एम्नेष्टी इन्टरनेशनल नेपाल समूह १२ बुटवलको ३५ औं साधारण सभामा सो संस्थाको योगदानको चर्चा गरिएको छ ।

मानव अधिकारको क्षेत्रमा कार्यरत एम्नेष्टी इन्टरनेशनल नेपाल समूह १२ बुटवलको शनिबार बुटवलमा आयोजित साधारण सभामा मानवअधिकार क्षेत्रमा सो संस्थाको योगदानको चर्चा गरिएको हो । साधारण सभाले एम्नेष्टी इन्टरनेशनल नेपालको संशोधित विधानअनुसार साधारण सभाबाट चयन गर्नुपर्ने दुई जना क्षेत्रीय प्रतिनीधि पनि चयन गरिएको छ । साधारण सभाले क्षेत्रीय प्रतिनिधि समूहका संयोजक कविन्द्र नेपाल र समूहका सचिव सपना रेग्मी लम्साललाई चयन गरेको छ । साधारण सभामा समूहका सल्लाहकार तथा पूर्व संयोजक शालिकराम वञ्जाडेले एम्नेष्टीले मानव अधिकारको रक्षा, प्रवर्धन र मानव अधिकार शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै नेपालको सन्दर्भमा द्वन्द्वको समयमा यो संस्थाले धेरै काम गरेको स्मरण गर्नुभयो ।

कार्यक्रममा संस्थाका संयोजक कविन्द्र नेपालले संस्थाले वर्षभरीमा गरेका गतिविधिको बारेमा जानकारी गराउँदै मानव अधिकारको संरक्षणका लागि गरेका प्रयासहरु सार्थक भइरहेको भनाइ राख्नुभयो । अहिले पनि मानवअधिकार उल्लङ्घनका घटना भइरहेको बताउँदै थुनामा रहेका बन्दीको मृत्युका विषयमा व्यापक प्रश्न उठेको बताउनुभयो । मानव अधिकारको सवालमा सरकारलाई जिम्मेवार र कर्तव्यबोध गराउन एम्नेष्टीले दवाव सिर्जना गरिरहेको जानकारी गराउनुभयो । त्यस्तै, एम्नेष्टी इन्टरनेशनल नेपाल बुटवल महिला समूह –३७ को पनि सातौं साधारण सभा गरिएको छ । साधारण सभामा संस्थाका संयोजक समा श्रेष्ठले संस्थाले गरेका गतिविधिको बारेमा जानकारी गराउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...