राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण

Published on

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्का दुवै सदनबाट पारित भई सोमबार विधेयक प्रमाणित गरी राष्ट्रपतिसमक्ष पठाइएको थियो । अध्यादेश प्रतिस्थापन विधेयक भएकाले ६० दिनको संवैधानिक सीमा दबाबका कारण राष्ट्रपति पौडेलले सोमबार नै विधेयक प्रमाणीकरण गर्नुभएको हो । सभामुख देवराज घिमिरेले विधेयक प्रमाणित गरेर पठाएलगत्तै राष्ट्रपतिले प्रमाणीकरण गर्नुभयो । सरकारले लगानी सम्मेलन लक्षित गरी वैशाखमा अध्यादेश सिफारिस गरेको थियो । सिफारिस अनुसार वैशाख १६ गते अध्यादेश जारी भएको थियो । प्रतिस्थापन विधेयक भने जेठ २८ गते मात्र संसद्मा दर्ता भएको थियो । संविधानको व्यवस्था अनुसार सोमबारसम्म उक्त विधेयक प्रमाणीकरण भइसक्नुपर्ने थियो । समयको सोही दबाबबिच राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

सरकारले अध्यादेशमार्फत लगानी सम्मेलनमा एकै पटक आठ कानुन संशोधन गरेको थियो । अध्यादेशले भूमि ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, विशेष आर्थिक क्षेत्र ऐन, सार्वजनिक निजी साझेदारी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, वन ऐन र औद्योगिक व्यवसाय ऐनका केही व्यवस्था संशोधन गरिएको थियो । अध्यादेशले संशोधन गरेको व्यवस्था नै हुबहु राखेर सरकारले विधेयक ल्याएको थियो । विधेयकमा मूलभूत विषयमा नै सहमतिसहित पारित भएको छ ।

संशोधित व्यवस्था अनुसार हदबन्दीभन्दा बढीको जग्गा बिक्री गर्ने व्यवस्था सर्तसहित खुला भएको छ । खरिद गरेको हकमा मात्र हदबन्दीभन्दा बढी जग्गा बिव्रmी गर्न मिल्ने छ । रोजगारी र उत्पादन नघट्ने तथा निरन्तर सञ्चालन हुने अवस्था रहेमा कुनै पनि संस्था, उद्योग, प्रतिष्ठान तथा कम्पनीहरूले हदबन्दीभन्दा बढीको जग्गा बिक्री गर्न पाउने व्यवस्था गरिएको हो । वित्तीय संस्थाको ऋण फरफारक र दायित्व भुक्तानीका लागि बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ । जग्गा प्राप्ति ऐन संशोधन गरेर मुआब्जा निर्धारणको व्यवस्था फेरिएको छ । रजिस्ट्रेसनका लागि निर्धारण गरिएको न्यूनतम मूल्यमा तीन गुणाभन्दा बढी निर्धारण नहुने व्यवस्था छ । अहिले अन्यत्र सञ्चालित उद्योगलाई विशेष आर्थिक क्षेत्रमा स्थानान्तरणको कानुनी सुविधा दिने गरी उक्त दफा परिमार्जन गरिएको छ । यस्तै सेजमा स्थापित उद्योगले ६० प्रतिशत वस्तु र सेवा निर्यात गर्नुपर्ने अनिवार्य व्यवस्था परिमार्जन भएको छ ।

राइड सेयरिङमा पनि विदेशी लगानी सर्तसहित खुला गरिएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन संशोधन गरिएको हो । ७० प्रतिशतभन्दा बढी नहुने गरी विदेशी लगानी गर्न पाउने गरी मूल ऐनको अनुसूचीमा उक्त विषय थप गरिएको हो । यस्तै औद्योगिक व्यवसाय ऐनको परिभाषा खण्डमा स्टार्टअप व्यवसाय थप गरिएको छ । प्रतिस्थापन विधेयकले पनि यी विषयलाई निरन्तरता दिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...