‘अपचलन गर्ने सहकारीले रकम फिर्ता गर्नु पर्छ’

Published on

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धमा छनबिन गर्न गठन गरिएको संसदीय छानबिन विशेष समितिले समग्र सहकारी क्षेत्रमा देखिएको सङ्कटको प्रभावका विषयमा सरोकारवालासँग परामर्श गरेको छ । समितिका सभापति सूर्यबहादुर थापाका अनुसार सहकारीसँग जोडिएका सवाल र वित्तीय प्रणालीमा देखिएका समस्याका सन्दर्भमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसहित आर्थिक क्षेत्रको नेतृत्वसँग सोमबार छलफल भएको हो । कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्ट, बैङ्कर्स एसोसिएसन नेपालका अध्यक्ष सुनील केसी, सहकारी सुझाव समिति–२०८० का संयोजक डा। जयकान्त राउतसहित सरोकारवालासँग समितिले छलफल गरेको हो । सभापति थापाले भूगोलको सीमा नराखिएको, असीमित बचत सङ्कलन गर्न दिइएको, अन्यथा ढङ्गले बचत सङ्कलन भएको र नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएका कारण सहकारी क्षेत्रमा समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारी स्वनियमनमा बस्नुपर्ने भनेर नियमनलाई कम महव दिने र सुपरीवेक्षण हुन नसकेकाले प्रभावकारी नियामक निकाय बनाउनुपर्ने सुझाव आएको छ ।” उहाँले कर्जाका सन्दर्भमा एकीकृत सूचना प्रणाली निर्माण गर्नुपर्ने देखिएको बताउनुभयो ।

उहाँले विधि अनुसार चलेका सहकारीमा समस्या नरहेको बताउँदै बचत रकम अपचलन गर्ने सहकारीका सञ्चालकले नै बचत रकम फिर्ता गर्नुपर्ने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सहकारीको सामान्य सिद्धान्तविपरीत चलेका र फरक ढङ्गले बचत सङ्कलन गरेर दुरुपयोग गर्ने संस्था र व्यक्तिका कारण समस्या देखापरेको छ । र यसलाई समाधान गर्ने सन्दर्भमै छलफल अघि बढाएका छौँ ।”

राष्ट्र बैङ्कको पाँचबुँदे सुझाव

गभर्नर अधिकारीले समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापनका लागि बुँदागत सुझाव दिनुभएको छ । उहाँले दोस्रो तहको सुपरीवेक्षण गर्ने संस्था स्थापनासम्बन्धमा यथाशीघ्र विधेयक तयार गरी स्वीकृति प्रव्रिmया अगाडि बढाउन सुझाव दिनुभएको छ । साथै उहाँले समस्याग्रस्त सहकारी संस्थाका रूपमा घोषणा भएका संस्थाको रिजोलुसनका लागि गठित व्यवस्थापन समितिमार्फत समस्याग्रस्त सहकारीपिच्छे अलग अलग व्यवस्थापन समूह गठन गर्न सुझाव दिनुभएको छ । उहाँले नवगठित प्रत्येक व्यवस्थापन समूहलाई आवश्यकता अनुसारको अधिकार प्रदान गरी सहकारीको सञ्चालन र व्यवस्थापन नियन्त्रणमा लिई सम्बन्धित सहकारीको व्यवस्थापन गर्ने जिम्मेवारी प्रदान गर्न सुझाव दिनुभएको छ । त्यसै गरी उहाँले सहकारीका सञ्चालक र व्यवस्थापकको राहदानी जफत गर्नुपर्ने बताउनुभएको छ । उहाँले पहिलो चरणमा एक लाख रुपियाँसम्म बचत रहेका बचतकर्तालाई रकम फिर्ता गर्ने, दोस्रो चरणमा पाँच लाख र तेस्रो चरणमा पाँच लाख रुपियाँभन्दा बढी बचत रहेका बचतकर्तालाई रकम फिर्ता गर्ने गरी सुझाव दिनुभएको छ ।

उहाँले ‘सहकारीबाट प्रवाह भई बक्यौता रहेका कर्जा असुली गर्ने, सम्पत्ति बिव्रसम्बन्धी कार्य गर्ने र उक्त असुलीबाट प्राप्त रकम बचतकर्तालाई बचत फिर्ता गर्न प्रयोग गर्ने’ बताउनुभएको छ । साथै अल्पकालमा कर्जा असुली गर्ने, सम्पत्ति बिक्री गर्न समय लाग्ने भएमा रकम प्राप्त नहुँदासम्मका लागि तरलता व्यवस्थापनसम्बन्धी विवरण तयार गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पेस गर्ने र तरलता सहजताका लागि अर्थ मन्त्रालयसमक्ष अनुरोध गर्ने राष्ट्र बैङ्कको सुझाव छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...