प्रसारण लाइन सुधार गर्न पोल सारिँदै

Published on

काठमाडौं । तनहुँको सहरी क्षेत्रमा प्रसारण लाइन सुधारको काम धमाधम भइरहेको छ । सुधारको कामले गति लिएसँगै पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडकखण्डको विस्तारको कामलाई सहज भएको छ । मुख्य बाधकका रूपमा रहेको बिजुलीको पोल सार्ने कामले गति लिएपछि सहज भएको हो । नेपाल विद्युत् प्राधिकरणले विद्युत्का पोल धमाधम हटाउन थालेपछि सडक विस्तारको काम गर्न सहज भएको सडक आयोजनाले जनाएको छ ।

सडकखण्ड अन्तर्गतका संरचना हटाउने व्रmममा तनहुँ वितरण केन्द्रले आफ्नो क्षेत्रमा बिजुलीका पोल धमाधम हटाएर नयाँ पोल गाड्ने काम गरिराखेको छ । पहिला सुस्त गतिमा पोल स्थानान्तरण हुँदा प्रभावित भएकोमा हाल तीव्र रूपमा काम हुँदा तनहुँ क्षेत्रमा काम गर्न सहज भएको पृथ्वी राजमार्ग विस्तार पश्चिम खण्डका प्रमुख इन्जिनियर राजेश पौडेलले बताउनुभयो । पुराना पोल हटाएर नयाँ संरचना बनाउने काम हालसम्म ६५ प्रतिशत सकिएको तनहुँ वितरण केन्द्रका प्रमुख इन्जिनियर विजयराज रेग्मीले जानकारी दिनुभयो । सदरमुकाम दमौलीमा सडक सीमाभित्रका संरचना हटाउन ढिलाइ भएको उहाँले बताउनुभयो । रेग्मीका अनुसार नयाँ पोल राख्ने तथा प्रसारण लाइन सुधार अन्तर्गत ९६ करोड रुपियाँको लागतमा पोल सार्ने काम भइरहेको छ । ५२ करोड रुपियाँ सडक विस्तार आयोजनाको र बाँकी रकम नेपाल विद्युत् प्राधिकरणको लागतमा भइरहेको छ ।

पहिला ११ मिटर अग्लो पोल भएकोमा हाल १३ मिटर अग्लो पोल राखिएका छन् । तनहुँ वितरण अन्तर्गतको दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा मुग्लिङ–पोखरा सडक सुधार आयोजना अन्तर्गत नेपालका दुई ठुला सहर काठमाडौँ र पोखरा जोड्ने पृथ्वी राजमार्ग अन्तर्गतको उक्त खण्डलाई कम्तीमा चार लेनको बनाउने कार्य भइरहेको छ । २०२६ सालमा रेखाङ्कन गरिएको यस सडकमा सवारीको चाप बढेसँगै एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउने काम भइरहेको छ ।

विद्युत् सेवा अवरुद्ध

अविरल वर्षासँगै आएको बाढी र पहिरोले गर्दा विद्युत् पोलमा क्षति भएकाले यहाँका दुई पालिकामा विद्युत् सेवा अवरुद्व भएको छ । म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका केही वडामा बिजुली अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ । पृथ्वी राजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६, मौरीओढारमा गएको पहिरोले सात वटा विद्युत् पोल ढलेकाले उक्त दुई पालिकामा विद्युत् सञ्चालन गर्न कठिनाइ भएको वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताउनुभयो । रेग्मीका अनुसार म्याग्दे, शुक्लागण्डकी, व्यास र आँबुखैरेनी गाउँपालिकालगायत क्षेत्रमा गरी एक दर्जनभन्दा बढी विद्युत् पोल ढालेर क्षति पुगेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...