धनकुटा अदालतमा ७५ प्रतिशत मुद्दा फर्छ्याेट

Published on

काठमाडौं । आर्थिक वर्ष २०८०\८१ मा जिल्ला अदालत धनकुटाले पाँच सय पाँच थान मुद्दा फर्छ्योट गरेको छ । अदालतले सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर चालु आर्थिक वर्षमा कुल ६ सय ६६ थान मुद्दामध्ये पाँच सय पाँच थान फर्छ्योट गरेको जनाएको हो । अदालतमा देवानी चार सय ७४, सरकारवादी फौजदारी एक सय ३१ र दुनियावादी फौजदारी ५७ गरी ६ सय ६६ मुद्दा दर्ता भएका थिए । जसमा जिम्मेवारी सरेको एक सय ९९ मुद्दा रहेको अदालतले जनाएको छ । अदालतमा दर्ता भएका मध्ये देवानी तीन सय ७६, सरकारवादी फौजदारी ९१ र दुनियावादी फौजदारी ३४ मुद्दा फर्छ्योट भएका छन् । यस्तै, अदालतमा दर्ता भएकामध्ये देवानी ९८, सरकारवादी फौजदारी ४० र दुनियावादी फौजदारी २३ थान मुद्दा बाँकी छन् । यस्तै अदातलमा १८ महिना नाघेको मुद्दा नभएको अदालतका न्यायाधीश नारायण प्रसाद पराजुलीले जानकारी दिनुभयो । अदालतले आर्थिक वर्ष २०८०/८१ मा ७५ दशमलव ८३ प्रतिशत मुद्दा फर्छ्योट गरेको पराजुलको भनाइ छ । गत वर्षको तुलनामा धनकुटा जिल्ला अदालतमा मुद्दाको सङ्ख्या बढेको पनि न्यायाधीश पराजुलीले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...