राप्तीपारीका गाउँमा विद्युत अवरुद्ध

Published on

काठमाडौं । राप्ती नदी र अन्य खोला नालामा आएको बाढीले विद्युतका पोल र तार ढालेपछि बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका दर्जन बढी गाउँहरुमा विद्युत सेवा अवरुद्ध भएको छ । मर्मत सम्भार जारी रहेकोले दुबै पालिकाका केही गाउँमा विद्युत सेवा सुचारु भएपनि अझै धेरै ठाउँमा सेवा सुचारु हुन सकेको छैन । पानी घटेपछि मर्मतको काम सुरु गरिएकोले सोमबार बेलुकाबाट खोकरी, बक्सहवा, बसेरी र दुबेरी गाउँको विद्युत सेवा सुचारु भएको नेपाल कुसुम ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडले जनाएको छ । यी चार वटा गाउँमा सोमबार बेलुकीबाट विद्युत सुचारु भएको कुसुम ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष देवबहादुर केसीले बताउनुभयो । तर अझैपनि मर्मतको काम बाँकी रहेकाले सुनखरे र चुनाहा गाउँको बिद्युत सेवा सुचारु हुन नसकेको उहाँले बताउनुभयो ।

सोही प्रकारले नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बाढी र वर्षाले विद्युत पोल र तारहरुमा क्षति भएपछि नरैनापुरका धेरै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको बताउनुभयो । उहाँले मर्मत सम्भारका लागि पटकपटक सम्बन्धित कार्यालयलाई आग्रह गरेपछि मर्मत कार्य शुरु गरिएपनि अझै धेरै ठाउँमा बिद्युत अनियमित नै रहेको बताउनुभयो। राप्ती नदीमा आएको बाढीले शनिबार दिउँसो राप्ती सोनारी र नरैनापुरका विभिन्न स्थानमा विद्युत पोल र तारमा क्षति पुर्याएपछि सो क्षेत्रका दर्जन बढी गाउँको बिद्युत सेवा अवरद्ध भएको थियो । राप्ती सोनारी १ का स्थानीय बासिन्दा कृष्ण चौधरीले विद्युत नहुँदा सो क्षेत्रको जनजीवन निकै प्रभावित भएको र खासगरि रातीको समयमा ठुलो सास्ती भोग्नु परेको बताउनुभयो। राप्ती सोनारी गाउँपालिका १ अन्तर्गतका नदी वारीका गाउँहरूमा पनि विद्युत पोल तथा तारमा अविरल वर्षाले क्षति गरेको कुसुम सामुदायिक ग्रामीण विद्युत सहकारी संस्थाले जनाएको छ ।

सो सहकारी संस्थाले राप्ती नदी पार गरेर सौरी–भम्का, बैरिया–अमुवा, बाँसखोली–भवानीयापुर, बाघखोर–सुनखरे, चप्परगौडी–चुनाहा र लौकी–खोकरी गरी विभिन्न ६ स्थानबाट बिद्युत सेवा विस्तार गरेको छ । राप्ती नदीमा हरेक वर्ष आउने बाढीले यी स्थानका बिद्युत तार तथा पोलहरूमा बाढीले क्षति पु¥याउँदै आएको छ । सोही प्रकारले नरैनापुरका बिभिन्न ठाउँमा रहेका विद्युत पोल, तार र अन्य उपकरणमा कहिले हावा हुरी त कहिले बर्षा र बाढीले क्षति पुरयाउँदै आएको छ । उक्त समस्याको दीर्घकालीन रूपले समाधान गरिदिन स्थानीय बासिन्दाले पटक पटक संघीय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरुसंग माग गर्दै आएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

बृहत् पाशुपत पदयात्रा हुने

काठमाडौं । पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा...

निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१...

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको...

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...