पाल्पा ‘पूर्ण खोप’ सुनिश्चिता जिल्ला घोषणा

Published on

काठमाडौं । पाल्पालाई ‘पूर्ण खोप’ सुनिश्चिता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका दश वटै स्थानीय तहका १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई लक्ष्यअनुसार खोप लगाएपछि पाल्पालाई पूर्ण खोपयुक्त जिल्लाको रुपमा घोषणा गरिएको हो ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर (वसन्त)ले खोप समन्वय समितिका संयोजक टंकनाथ खनाललाई पूर्ण खोप जिल्ला घोषित भएको प्रमाणपत्र प्रदान गर्नुभयो । दश स्थानीय तहका ८१ वटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिनामुनिका तीन हजार ३०८ जना बालबालिका र १६ महिना देखि पाँच वर्षमुनिका १० हजार ५६० जना बालबालिकालाई खोप लगाइएको छ । तीमध्ये ६ जना बालबालिका ड्रप आउट भएकाले पनि पूर्ण खोप पाएको सुनिश्चित गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा।राजेन्द्र गिरीले बताउनुभयो । सरकारले तोकेको सूचकाङ्क पूरा गरेपछि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको उहाँले बताउनुभयो । पाल्पालाई तीन वर्षयता लगातार पूर्ण खोपयुक्त जिल्लाको रुपमा स्थापित गरिएको डा। गिरीले बताउनुभयो ।

कार्यक्रममा सभामुख घर्तीमगरले घोषणा गर्नु ठूलो कुरा नभई त्यसलाई दीगो बनाइराख्नु महत्वपूर्ण रहेको बताउनुभयो । स्वास्थ्य क्षेत्र सम्वेदनशील विषय भएपनि तीनै तहका सरकारको प्राथमिकतामा नपरेको उहाँले बताउनुभयो । सभामुख घर्तीमगरले लुम्विनी प्रदेश सरकारले अहिले पनि भौतिक पूर्वाधार मन्त्रालयमा १२ अर्व वजेट विनियोजन गरेपनि शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रमा दुई अर्ब मात्र बजेट लगानी गरेकोमा दुःख व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य वीरबहादुर रानाले घोषणा गर्नुलाई अभियानका रुपमा लिनुपर्ने बताउनुभयो । अर्का प्रदेशसभा सदस्य खेमबहादुर सारुले शिक्षा र स्वास्थ्य एक अर्कोका परिपूरक भएकाले यी दुवै सुनिश्चितता नहुँदा बसाईसराई बढ्दो रहेकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...