नेपालगञ्जको पुँजीगत खर्च ७० प्रतिशत

Published on

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०\८१ मा पुँजीगततर्फ ७० प्रतिशत खर्च गरेको छ ।

नेपालगञ्ज उपमहानगरका लेखा प्रमुख लोकेन्द्र रावतका अनुसार चालु आवको कुल बजेटमध्ये एक अर्ब ८५ करोड ४६ लाख ९० हजार ६६५ रुपियाँ व्ययतर्फको बजेट रहेकोमा असार २४ गतेसम्म एक अर्ब ४७ करोड दुई लाख १५ हजार ६१७ रुपियाँ मात्रै खर्च भएको छ ।

सो खर्चमध्ये चालुतर्फ ८३.४७ प्रतिशत र पुँजीगततर्फ ७०.१८ प्रतिशत गरी जम्मा ७९.२७ प्रतिशत खर्च भएको लेखा प्रमुख रावतले जानकारी दिनुभयो । यसैगरी, चालु आवमा एक अर्ब ८५ करोड ४६ लाख ९० हजार ६६५ रुपियाँ रहेकोमा आर्थिक वर्षको अन्त्यसम्ममा एक अर्ब ७५ करोड ४७ लाख एक हजार ३५९ रुपियाँ मात्रै प्राप्त भएको छ । स्थानीय तहहरुमा असार २४ गतेदेखि आर्थिक कारोबार बन्द भएको छ । नगर प्रमुख प्रशान्त विष्टले नगरभित्र पुँजीगततर्फ सतप्रतिशत खर्च हुने अवस्था निर्माणका लागि प्रयास गरिरहेको भन्दै आगामी वर्ष सबैको साथ र सहयोगमा पुँजीगत खर्च सतप्रतिशत पुर्‍याउन सकिने बताउनुभयो । नेपालगञ्ज उपमहानगरले २३ वटै वडामा वडा कार्यालयको अलगै खाता सञ्चालन गरी आर्थिक कारोबारको अधिकार दिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...