काठमाडौँ महानगरद्वारा नीति, बजेट तथा कार्यक्रम सर्वसम्मत पारित

Published on

काठमाडौं । काठमाडौँ महानगरपालिकाका नगर सभा १५ औँ अधिवेशन सम्पन्न भएको छ । गएको जेठ ३२ गते सुरु भएको बैठक असार २५ गते ५ औँ बैठकबाट सकिएको हो । बैठकले आर्थिक वर्ष २०८१\०८२ को नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक सर्वसम्मत पारित गरेको छ ।

सभाका अध्यक्ष एवम् महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बैठकमा पहिलो प्रस्तावका रूपमा यस अघिको बैठकमा नगर सभा सदस्यहरूबाट प्राप्त सुझाव तथा संशोधन प्रस्तावलाई सम्भव भएसम्म समेट्ने गरी पारित गर्न प्रस्ताव पेस गर्नुभएको थियो । यो प्रस्ताव सर्वसम्मत पारित भएपछि आर्थिक विधेयक र विनियोजन विधेयकमाथि छलफल सुरु भएको थियो । यी विधेयकमाथि सभाका २० जना सदस्यहरूले धारणा राख्नुभएको थियो । यसरी धारणा राख्नेहरूमा मचाराजा महर्जन, शोभादेवी मानन्धर, न्हुच्छेदेवी महर्जन, रसला तण्डुकार, चन्द्रमान तुलाधर, शर्मिला परियार, नरेन्द्रकुमार थापा, गायत्री पुडासैनी, नवीन मैनाली, रञ्जिता परियार, सन्तोष ढुङ्गेल, कविता दास, कमला महर्जन, हर्कबहादुर खाती, सृष्टि कंसाकार ९तुलाधर०, भगवान् बुढाथोकी, सीता विसुन्के, हरिबहादुर बस्नेत, रामबाबु कोइराला र रुपा थापा क्षेत्री हुनुहुन्थ्यो ।

उहाँहरूले स्वच्छता र सरसफाइजस्ता वातावरणीय पक्ष, पूर्वाधार निर्माण र व्यवस्थापन, वन तथा वन्यजन्तु, दलित लक्षित कार्यक्रम, विपद् व्यवस्थापनसहित सहरी सुरक्षा र व्यवस्थापनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो । सभामा लेखा समितिका संयोजक गायत्री पुडासैनीले लेखा समितिको वार्षिक प्रतिवेदन र आशा श्रेष्ठ रौनियारले न्यायिक समितिको प्रतिवेदन पेस गर्नुभएको थियो । उहाँहरूको प्रस्तावमा अनिता कार्की ढोली र मनोज डङ्गोलले धारणा राख्नुभएको थियो । लेखा समितिका संयोजक गायत्री पुडासैनीले सभामा पेस गर्नुभएको लेखा समितिको प्रतिवेदन सारांश

जेठ ३२ गते बसेको सभाको पहिलो बैठकमा प्रमुख शाहले आर्थिक वर्ष २०८१\०८२ का लागि नीति पेस गर्नुभएको थियो । यस्तै असार १० गते बसेको सभाको तेस्रो बैठकमा उपप्रमुख सुनिता डङ्गोलले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपियाँको वार्षिक बजेट पेस गर्नुभएको थियो । त्यही बैठकमा उपप्रमुख डंगोलले ‘बजेट तथा कार्यक्रम’ सहित ‘आर्थिक विधेयक २०८१’ र ‘विनियोजन विधेयक २०८१’ पनि पेस गर्नुभएको थियो । यसरी पेस गरिएको बजेट सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार रुपियाँ र जग्गा एकीकरण आयोजनाहरूबाट आम्दानी हुने एक अर्ब ५० करोड रुपियाँको आय आम्दानीबाट प्रस्ताव गरिएको थियो ।

यस वर्ष स्थानीय स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढङ्गले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्ने, सामाजिक, आर्थिक भौतिक पूर्वाधार विकासमार्फत समुन्नत र समाजवाद उन्मुख कार्यक्रम तथा गतिविधिमार्फत योगदान गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको छ । यस्तै लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई टेवा पुग्ने कार्यक्रम सञ्चालन, बढ्दो बेरोजगारीको दरलाई न्यूनीकरण गर्न स्वदेशमै सिप तथा तालिम दिई स्वरोजगारबाट बिदेसिने युवाको सङ्ख्या घटाउने कार्यक्रमलाई प्राथमिकता दिइएको छ । भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पुर्‍याउने, खाद्य गुणस्तरलाई उच्च प्राथमिकता दिई गुणस्तरीय वस्तु तथा सेवा जनतालाई उपलब्ध गराउने कार्यक्रमलाई प्राथमिकतामा छन् । यस आर्थिक वर्षका लागि सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख २५ हजार रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । जसमध्ये आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख रुपियाँ, नेपाल सरकारबाट प्राप्त हुने एक अर्ब ४५ करोड सशर्त अनुदान, प्रदेश सरकारबाट प्राप्त हुने चार करोड ४७ लाख रुपियाँ, सङ्घीय राजस्व बाँडफाँटबाट एक अर्ब ९९ करोड २० लाख २५ हजार रुपियाँ, प्रदेश राजस्व बाँडफाँटबाट ५५ करोड रुपियाँ, स्थानीय राजस्व बाँडफाँटबाट १० करोड ५० लाख रुपियाँ, नेपाल सरकार समानीकरण अनुदानबाट ८० करोड रुपियाँ, प्रदेश सरकार समानीकरण अनुदानबाट १० करोड रुपियाँ, आन्तरिक जनसहभागिता ८० लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...