पहिरोले अवरुद्ध हुम्लाका सडक अझै सञ्चालनमा आउन सकेन

Published on

काठमाडौं । जिल्लाभित्र पर्ने कर्णाली कोरिडोर र आन्तरिक सडकमा यातायात सेवा अझै सञ्चालनमा आउन सकेको छैन । लगातार वर्षा भएको कारण ठाउँठाउँको सडकमा गएको पहिरोले अवरुद्ध भएको कारण यातायात सेवा बन्द भएको हो ।

चार दिनदेखि अवरुद्ध हुँदै आएको हुम्ला जिल्लामा पर्ने कर्णाली कोरिडोर लगायतका आन्तरिक सडकहरु अझै खुल्न सकेका छैनन् । वर्षाको कारण सबैभन्दा पहिले सिमकोट हिल्सा सडकको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाए पछि सडक अवरुद्ध हुन सुरु भएको थियो । प्रहरी निरीक्षक नरेन्द्र चन्दले आइतबार बिहान नाम्खा गाउँपालिका– ५ को नारा लेकमा २० मिटर सडकलाई पहिरोले क्षेती पुर्याएपछि यारी हिल्सा खण्डको सडक पनि बन्द भएको बताउनुभयो । त्यसैगरि च्याछरा खण्डमा पनि पहिरोले सडक भत्किएको छ । यता नियमित सञ्चालन भई रहने सिमकोट खार्पु खण्डको सडक पनि गत आइतबारदेखि बन्द रहेको उहाँले बताउनुभयो । यो खण्डमा पनि ठाउँठाउँमा पहिरो गएको कारण सडक बन्द भएको हो।

त्यसैगरि सर्केगार्ड गाउँपालिका– ४ को कालामुडामा गएको पहिरोको कारण सर्केगार्ड खार्पुनाथ सडक खण्डको कर्णाली करिडोरको सडक पनि बन्द भएको छ । कोरिडोरकै सलीसल्लाबाट कवाडीको सडक पनि सर्केगार्ड गाउँपालिका– १ को खच्चामा पहिरो गएको कारण सडक अवरुद्ध भएको उहाँले बताउनुभयो । त्यसैगरि ताँजाकोट गाउँपालिकाको पुइमा खोलामा पनि बाढीले सडक अवरुद्ध गरेको छ । प्रहरी निरीक्षक चन्दले आइतबारदेखि कर्णाली करिडोरको हुम्ला खण्डको सडक सञ्चालनमा आउन नसकेको बताउनुभयो । आन्तरिक सडक पनि सुचारु नभएको उहाँको भनाइ छ । सिमकोट बरगाउँ, ठेहे, दोजाम सडक पनि बन्द रहेको छ । कच्ची सडक र त्यस माथि चार दिन लगातार वर्षा भएको कारण सडक हिलाम्मे भएको छ । चंखेली गाउँपालिकामा पनि ठाउँठाउँमा गएको पहिरोको कारण सडक अवरुद्ध भएको छ । अविरल वर्षाको कारण सडक जिल्लाभर अवरुद्ध भएपनि सडक मर्मत गर्ने पहल हुन सकेको छैन । कर्णाली करिडोरको हुम्ला खण्डमा सडक अबरुद्ध भएपनि यातायातका साधनहरु ठाउँठाउँमा अलपत्र अवस्थामा छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...