नदीमा बेपत्ता युवक फेला परेनन्, खोजी जारी

Published on

काठमाडौं । असार २३ गते साँझ बाँकेको डुडुवा नदीमा पौडी खेल्न जाँदा डुवेर बेपत्ता भएका नेपालगन्ज २० का एक प्रुष अझै फेला पर्नुभएको छैन ।

गत पाँच दिनदेखि उहाँको खोजी कार्य भइरहे पनि अझ उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको सशस्त्र प्रहरी वल ३० नम्बर गण हेडक्वाटर बाँकेले जनाएको छ । आइतवार साँझ करिब ५ बजे नेपालगन्ज –२० राँझा विमानस्थल पछाडि रहेको डुडुवा नदीमा पौडी खेल्ने क्रममा सोही ठाँउका ४२ वर्षीय सुशीलप्रसाद दाहाल बेपत्ता हुनु भएको थियो । प्रहरीले तत्काल दाहालको खोजी कार्य सुरु गरेर हालसम्म खोजी जारी राखे पनि उहाँ फेला नपरेकाले अब नदीको तटीय क्षेत्रका वासिन्दालाई निगरानी गर्न आग्रह गरिएको सशस्त्र प्रहरी वल ३० नम्बर गण हेडक्वाटर बाँकेका गणपति एसपी बिमल डाँगीले बताउनुभयो ।

उहाँले दाहाल डुडुवामा डुवेर वेपत्ता भएको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल आयल निगम सुरक्षा बेस राँझाबाट सशस्त्र प्रहरी निरीक्षक नवराज शाहीको कमाण्डमा खटिएको टोली, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खोजिकार्य गरिएको बताउनुभयो । दाहालको खोजीका लागि मोटरबोटको प्रयोग गर्नुका साथै शसस्त्र प्रहरीको नौ जनाको बिशेष गोताखोर टोलीलाई परिचालन गरेर सम्भावित सबै ठाउँमा खोजी गरे पनि कुनै पत्ता नलागेको एसपी डाँगीले बताउनुभयो । चार दिनसम्म खोज्दा समेत पत्ता नलागेपछि नदीको तटीय क्षेत्रका वासिन्दालाई सो बारेमा जानकारी गराएर केही देखिएमा खबर गर्न आग्रह गरिएको सशस्त्र प्रहरी वल ३० नम्बर गण हेडक्वाटर बाँकेले जनाएको छ । गत साता भएको निरन्तर बर्षाका कारण बाँकेका सबैजसो खोला र नदीमा बाढी आएकाले ती नदी र खोलामा पानीको बहाव र सतह धेरै बढेको थियो । अहिले ती खोला र नदीको सतह घटेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...