सूर्योदयमा अठासी प्रतिशत खर्च

Published on

काठमाडौं । इलामको सूर्योदय नगरपालिकाको बर्खे अधिवेशन सम्पन्न भएको छ । गत वैशाख ७ बाट सुरु भएको १५ औँ अधिवेशन सम्पन्न भएको हो । अधिवेशनको छैटौँ बैठकले स्थानीय वनको प्रवर्धन, संरक्षण, व्यवस्थापन तथा उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१, नगर सडक यातायात गुरुयोजना पुनरवलोकनसम्बन्धी प्रस्ताव, दिगो विकास लक्ष्यको स्थानीयकरण मार्गचित्र (२०२४–३०) र विपत् उत्थानशील योजना पारित गरेको छ ।

नगर सभाको बर्खे अधिवेशनबाट नीति कार्यव्रmम, आगामी वर्षको वार्षिक बजेट, न्यायिक समितिले उजुरीको कारबाही किनारा तथा फैसला कार्यान्वयन गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ र सूर्योदय नगरपालिकाको सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ समेत पारित गरेको छ । नगर सभाको अधिवेशन अन्त्य गर्दै नगरप्रमुख रणबहादुर राईले नगरको विकासका लागि सबैले पहल र साझेदारी गर्नुपर्ने बताउनुभयो । उहाँले सूर्योदय नगरपालिका अन्य पालिकाका लागि सिकाइको थलो बन्दै गएकाले नमुना नगर बन्ने गरी काम गर्न जनप्रतिनिधि र कर्मचारीको ध्यानाकर्षण गराउनुभयो ।

यस अधिवेशनले सूर्योदय नगरपालिकाको आगामी वर्षका लागि एक अर्ब ४१ करोड ४६ लाख २७ हजार पाँच सय रुपियाँको वार्षिक बजेट पारित गरेको छ । चालु आवको समाप्तिसँगै सूर्योदय नगरपालिकाले कुल वार्षिक बजेटको ८८.३८ प्रतिशत खर्च गरेको छ । कुल एक अर्ब नौ करोड ५८ लाख ७५ हजार ७८१ वार्षिक बजेटमध्ये ९६ करोड ८५ लाख ६८ हजार ५९४.२४ खर्च गरेको छ । चालु खर्चका लागि ६९ करोड ८३ लाख ७५ हजार १७० विनियोजन मध्ये ६१ करोड ६० लाख ७८ हजार ९८९.१६ अर्थात ८८.२२ प्रतिशत खर्च भएको छ । त्यस्तै पुँजीगत खर्चका लागि ३९ करोड ७५ लाख ७६४ विनियोजनमध्ये ३५ करोड २४ लाख ८९ हजार ६०५.०८ अर्थात् ८८.६८ प्रतिशत खर्च भएको छ । यस वर्षको बजेट गत असार २०८० को १३ औँ अधिवेशनबाट पारित भएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...