खोटाङलाई पराजित गर्दै ताप्लेजुङ सेमिफाइनलमा

Published on

काठमाडौं । खोटाङमा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा ताप्लेजुङ सेमिफाइनलमा पुगेको छ। शुक्रबार भएको खेलमा आयोजक खोटाङलाई ४–० गोल अन्तरले पराजित गर्दै ताप्लेजुङ सेमिफाइनलमा पुगेको हो।

खोटाङको बुइपा रंगशालमा हुँदै आएको क्वाटरफाइनलमा खोटाङविरुद्ध पहिलो हाफमा ताप्लेजुङका तर्फबाट डोल्मा शेर्पाले गोल गर्नुभएको थियो। खेल अवधिभर खोटाङलाई दबाबमा राखेको ताप्लेजुङले दोस्रो हाफमा ३ गोल गयो। दोस्रो हाफमा विनिता खबास, सुस्मा लिम्बू र अनुषा लिम्बूले गोल गर्नभयो। खोटाङका खेलाडीहरु गोल गर्ने निरन्तर प्रयास गरे पनि सफल बन्न सकेनन्। यसरी खोटाङविरुद्ध ताप्लेजुङले सहज जित हासिल गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश) ले जानकारी दिनुभयो। कोशी प्रदेशका १४ वटै जिल्ला सहभागी रहेको प्रतियोगिता असार २५ गते सम्पन्न हुने बताइएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...