प्राकृतिक विपत्तिमा परेकाको खोज, उद्धार शीघ्र गर्न सांसदको आग्रह

Published on

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर वर्षाका कारण बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपत्तिका घटना बढिरहेको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको आकस्मिक समयमा सांसदहरूले मुग्लिङ–नारायणगढ सडकखण्डमा आज बिहान गएको पहिरोमा परी दुईवटा यात्रुवाहक बस त्रिशूली नदीमा बेपत्ता हुँदा हराइरहेका ६५ जना यात्रुको शीघ्र खोज, उद्धार गर्न आग्रह गर्नुभयो । सांसद शङ्कर भण्डारीले प्राकृतिक विपत्तिको सामान गरिरहेका नागरिकको उद्धार, राहत र क्षतिपूर्तिको कार्यलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गर्नुभयो । उहाँले अहिलेको परिस्थितिमा सिङ्गो सदन एकजुट भएर मुलुकसामु आइपरेको सङ्कट समाधान गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

सांसद दामोदर पौडेल ‘वैरागी’ ले देशभर बाढी, पहिरो चट्याङका कारण ठूलो जनधनको क्षति भइरहेको भन्दै पीडितको उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले पोखरा महानगर–१९ स्थित तल्लाकोटमा पहिरामा परी एकै परिवारका सात जनाको दुःखद् निधन भएको, दुईजना घाइतेको उपचार भइरहेको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । मुलुकका अन्य स्थानमा पनि प्राकृतिक विपत्तिका घटना बढिरहेका जनाउँदै सांसद पौडेलले उद्धार र राहतमा समस्या भइरहेकाले तत्काल व्यवस्थापकीय कार्य मिलाउन आग्रह गर्नुभयो । सांसद जीवन परियारले त्रिशूली नदीमा बस बेपत्ता भएको घटनामा दुःख व्यक्त गर्दै शीघ्र खोज र उद्धार गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद ठाकुर गैरेले सरकारले विपद् जोखिमको लागि तयारी गरेको भए पनि उक्त तयारी पर्याप्त नदेखिएको भन्दै उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद राजेन्द्रप्रसाद पाण्डेले देशभर प्राकृतिक विपत्तिमा परेका नागरिकको यकिन विवरणसहित उनीहरुको उद्धार र राहतको कार्यलाई प्रभावकारी बनाउन माग गर्नुभयो । सांसद ज्ञानु बस्नेत सुवेदीले त्रिशूली नदीमा बस खसेर बेपत्ता भएका नागरिकको उद्धार गर्न माग गर्नुभयो । उहाँले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । सांसद प्रभु साहले मुलुक प्रकृतिक विपत्तिका घटनाबाट आक्रान्त रहेको भन्दै अहिलेको परिस्थितिमा उद्धार र राहतलाई प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामनाथ अधिकारीले मुलुकका विभिन्न स्थानमा बाढी पहिरोजन्य घटनाले जनजीवन प्रभावित बनेको भन्दै खोज, उद्धार र राहतका कार्यलाई चुस्त बनाउन माग गर्नुभयो । सांसद मनबहादुर गुरुङले बाढी, पहिरोलगायत विपित्तिमा परेका नागरिकको खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गर्नुभयो । सांसद प्रदीप यादव र सांसद देवप्रकाश तिमल्सिनाले त्रिशूली घटनामा वेपत्ता नागरिकको यथाशीघ्र खोजी गरी उद्धार प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद डा अमरेशकुमार सिंहले उद्धार र राहतको कार्यलाई शीघ्र रूपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरू तारा लामा तामाङ, रामप्रकाश चौधरी, अच्युतप्रसाद मैनाली, प्रभु हजारा र किरणकुमार साहले देशका विभिन्न स्थानमा भएका प्राकृतिक विपत्तिका घटनाको ध्यानाकर्षण गराउँदै खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउन माग गर्नुभयो । रासस

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...