गोरखा–आँबुखैरनी सडक आठ घण्टापछि सुचारु

Published on

काठमाडौं । गोरखामा अबिरल बर्षाका कारण गोरखा आँबुखैरेनी सडकखण्ड आठ घण्टापछि सुचारु भएको छ ।

बिहीबारदेखि परेको अबिरल बर्षाका कारण पृथ्बीराजमार्ग अन्तर्गत गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने ३ किलोदेखि मझुवा चौकीसम्मका सडकखण्डमा ढुंगा, माटो र रुखलाई पन्छाएर अबरुद्ध भएको सडक प्रहरी, जनप्रतिनिधी र स्थानीयबासीको पहलमा सुचारु भएको हो । बिहान ३ बजेबाट अबरुद्ध भएको सडक ११ बजेमात्र सुचारु भएको छ । सडक सुचारु भएपछि जिल्लाबाट काठमाडौं, पोखरा र चितवनका लागि छुटेका यात्रुबाहक बसहरु साथै बाहिरबाट गोरखा सदरमुकाम आएका यात्रुबाहक सवारी साधनहरु सुचारु हुन थालेका जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार २ दिनदेखि परेको अबिरल बर्षाका कारण गोरखाका ग्रामिण इलाकामा चल्ने सम्पूर्ण सवारी साधनहरु पूर्ण रुपमा ठप्प भएको उहाँले बताउनुभयो । जिल्लाका अधिकांश पालिकामा पहिरोका कारण बिभिन्न स्थानमा क्षति पुगेको छ ।

गण्डकी गाउँपालिका वडा २ को साँदीखोलाका नानीमाया थापाको घरमाथिबाट झरेको पहिरोले घरमा क्षति भएको छ । गोरखा नगरपालिका वडा ५ मानेपानीका ३ घर पहिरोले पुरिएको छ । गोरखा नगरपालिका –९ डिङगुरे स्वाँराका रामकुमार योगीको गोठ पहिरोले क्षति गरेको प्रहरीको भनाइ छ । त्यसैगरी पालुङटार नगरपालिका ९ को खारखोला र चुतीखोलामा आएको बाढीले रोपाइ गरिसकेको फाँटमा पसेर खेत बगाएको पालुङटार नगरपालिका –९ का वडा अध्यक्ष भेषराज पाण्डेले जानकारी दिनुभयो । शहिद लखन गाउँपालिका –७ सुखौरा बस्ने अर्जुन थापाको घरभित्र लुदीखोलाको बाढी पसेर भाँडा बर्तन तथा १५ वटा कुखुरा बगाएर लगेको प्रहरीले जनाएको छ । दुई दिनको अबिरल बर्षाका कारण गोरखामा मानबीय रुपमा क्षति नभए तापनि आर्थिक रुपमा करौडौं क्षति भएको प्रहरीको अनुमान छ । बर्खाको समयमा अत्याबश्यक कामभन्दा बाहेक यात्रा नगर्न प्रहरीले सार्बजानिक सूचना समेत जारी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...