गण्डकी प्रदेशमा ५० प्रतिशत रोपाइँ

Published on

काठमाडौं । गण्डकी प्रदेशमा करिब ५० प्रतिशत रोपाइँ भएको छ । केही दिनयता मनसुन सक्रिय भएसँगै किसानहरु रोपाइँमा व्यस्त छन्। प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा बढी कास्कीमा ६ हजार ९ सय ७५ हेक्टर र सबैभन्दा कम गोरखामा ४ सय ५६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशका केही जिल्लाहरुमा अधिकांश क्षेत्रमा असार भित्रै रोपाइँ सकिने छ ।

यो वर्ष प्रदेशभरिमा करिब ९८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको उहाँले बताउनुभयो । यो वर्ष रोपाइँका लागि मलको अभाव नरहेको निर्देशनालले जनाएको छ । प्रदेशको कुल ४ लाख ७९ हजार ६ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्सेनि १ लाख हेक्टर वरिपरि वर्षे धान लगाइने रेग्मीले बताउनुभयो । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...