खोरेत रोग मुक्त अभियानमा प्रदेश सरकार

Published on

काठमाडौं । पशुहरुमा देखिने खोरेत रोग मुक्त प्रदेश बनाउन कोशी प्रदेश सरकार जुटेको छ । दुधबाट बन्ने विभिन्न परिकार र मासुजन्य उत्पादनमा राम्रो रहेको कोशी प्रदेशलाई खोरेत मुक्त गराउने अभियानमा जुटेको कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले बताउनुभयो ।

‘कोशीमा उत्पादन भएका पशुजन्य वस्तुको विदेश निर्यातका लागि पहिलो शर्त खोरेत मुक्त प्रमाणपत्र हुन्छ । अब खोरेत मुक्त गर्न प्रदेशका १४ वटै जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्थापना गर्ने र किसानलाई सहयोग गर्ने कार्यक्रम छ’ मन्त्री रानाले भन्नुभयो, ‘यहाँबाट घिउ, छुर्पी, दुध, दुधका परिकार र मासुजन्य उत्पादन राम्रोसँग निर्यात गरी किसानको आर्थिक अवस्था सुदृढ गर्न सकिन्छ । यसैबिच लम्पी स्किन रोगबाट ठुलो क्षति व्यहोरेको इलाममा इलाममा भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको स्थापना गरिएको छ । देशमा संघीय संरचनापछि जिल्लाबाट हटाइएको जिल्ला पशु सेवा कार्यालयलाई अहिले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको रुपमा स्थापना गरिएको हो ।

कार्यालयको मन्त्री रानाले एक कार्यक्रमबिच उद्घाटन गर्नुभयो । कार्यालय उद्घाटन गर्दै मन्त्री रानाले खोरेत रोग मुक्त प्रदेश बनाउन यो वर्ष बजेटको समेत व्यवस्था गरिएको जानकारी दिनुभयो । जिल्लामा केन्द्रको स्थापना गरिएपछि पशुपालन व्यवसायमा थप टेवा पुग्ने अपेक्षा लिइएको किसान प्रतिनिधि महानन्द ओझाले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...