पहिरोमा ज्यान गुमाएकालाई राहत

Published on

काठमाडौं । पहिरोमा परी मृत्यु भएका मृतकको परिवारलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले राहत रकम हस्तान्तरण गरेको छ ।

भीरकोट नगरपालिका –५ ज्यामिरेमा पहिरोमा परेर मृत्यु भएका खेमकुमारी मल्लका परिवारलाई राहत हस्तान्तरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताउनुभयो । ७२ वर्षीय मल्लको घरमाथिबाट आएको पहिरोमा पुरिएर मृत्यु भएको थियो । पूर्ण रुपमा घरगोठ गुमाएका मल्लका छोरा–बुहारीहरु अहिले आफ्ना दाजुभाइको घरमा बसेर काजकिरिया गरिहेका छन् । घरमै पुगेर ८० हजार राहत हस्तान्तरण गरिएको सहायक प्रजिअ पौडेलले बताउनुभयो ।

विपदमा परी निधन भएकाको परिवारले पाउने रकम दुई लाख ८० हजार मध्येबाट उक्त रकम हस्तान्तरण गरिएको र बाँकी रकम परिवारले प्रक्रियागत रुपमा खाता खोलेपछि पाउने पौडेलले बताउनुभयो । त्यस्तै, नेपाल सरकारले घरमा पूर्ण क्षति भएकालाई नयाँ घर निर्माणका लागि विपद व्यवस्थापन कार्यविधि निर्माण गरेर नगरपालिकाको सिफारिसमा किस्ताबन्दीमा अधिकतम चार लाखसम्म दिने प्रावधान रहेको उहाँले बताउनुभयो । त्यस्तै, नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको टोली पनि विपदमा ज्यान गुमाउनुभएका मल्लको परिवारका बिभिन्न राहत सामग्री प्रदान गरेको छ । मनसुनसँगै बाढी पहिरोले ज्यान गुमाएकामध्ये फेदिखोला ५ का आमाछोरी दुर्गा जिटी र छोरी निसीका जिटीको परिवारलाई राहत रकम दिइसेको छ । यस्तै, बिरुवा, भिरकोट, आधिखोला र पुतलीबजारमा भने राहत बितरण गर्न बाँकी रहेको पौडेलले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...