लाइन जोडियो, झन् अँध्यारो भयो

Published on

काठमाडौं । मुगु जिल्ला नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि दैनिक लोडसेडिङ हुँदा यहाँका नागरिकले सास्ती खेप्नु परेको छ । पछिल्लो पटक मुगु प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि सधैँ उज्यालो होला भन्ने आशामा बसेका यहाँका बासिन्दा दैनिक जसो हुने लोडसेडिङबाट पीडित भइरहेका छन् । नियमित विद्युत् आपूर्ति हुने आशामा विद्युत्मा आधारित व्यवसाय गर्ने व्यक्ति झन् पीडित हुन थालेका छन् भने बिजुलीलाई घरायसी प्रयोग मात्र गर्ने स्थानीयको जनजीवन पनि प्रभावित हुन थालेको छ । छायानाथ रारा नगरपालिका–२, गमगढी बजारमा कम्प्युटर व्यवसाय गर्दै आउनुभएका सन्तोष शाहीका अनुसार पटक पटक बिजुली आउने, जाने गर्दा सेवाग्राहीलाई सास्ती हुने गरेको छ । बिजुलीको आपूर्ति नहुँदा फोटोकपी र कम्प्युटर मेसिनको काम र व्यापारमा असर परेको उहाँले बताउनुभयो ।

छायानाथ रारा नगरपालिका–६ का स्थानीय ज्येष्ठ नागरिक कर्णबहादुर ऐडीले बेलुकाको समयमा बिजुली छिनछिनमा आउने जाने गर्दा यहाँका ज्येष्ठ नागरिक र विद्यार्थीले प्रत्यक्ष सास्ती खेप्नुपरेको बताउनुभयो । जिल्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएदेखि दिनमा दर्जनौँ पटक बिजुली आउने र जाने गरेको उहाँले जनाउनुभयो । जिल्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएदेखि स्थानीय गमघाट साना जलविद्युत्को उत्पादनमा जिल्लाको प्राधिकरण कार्यालयले ध्यान नदिएको आरोप स्थानीयले लगाएका छन् ।

अर्का स्थानीय खम्म बमका अनुसार प्राधिकरणको अधुरो उज्यालो अभियानले मुगुका बासिन्दाले दुःख खेप्नुपरेको छ । छिनछिनमा हुने अघोषित लोडसेडिङले आफूहरू हैरान भएको बताउँदै उहाँले बेलुकाको समयमा उज्यालोका लागि वैकल्पिक उपाय दियो प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । गमगाढ जलविद्युत् वितरण केन्द्रका कार्यालय प्रमुख साजन ऐडीका अनुसार बाँकेको कोहलपुरमा रहेको सबस्टेसनबाट प्रसारण लाइन विस्तार भएकाले बेलाबखत लोडसेडिङ हुने गरेको छ । साबिक कर्णाली जिल्लाका लागि सुर्खेतमा १३२ केभी विद्युत् उत्पादनको सबस्टेसन प्रसारण लाइन बन्दै गरेको छ । आउँदो असोज महिनाभित्र उक्त योजना सम्पन्न हुने गरी काम भइरहेको र यो समस्या समाधान हुने उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...