सिमकोट बजारमा सिसिटिभी क्यामरा जडान

Published on

काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोट बजारमा सिसिटिभी क्यामरा जडान गरिएको छ । चोरी तथा अन्य अपराधिक घटना नियन्त्रणमा सहजता ल्याउनका लागि सिमकोट गाउँपालिका र जिल्ला प्रहरी कार्यालय हुम्लाको सहकार्य र समन्वयमा क्यामरा जडान गरिएको हो । लामो प्रयासपछि सिमकोट बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान गर्ने कार्य सफल भएको प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले बताउनुभयो । उहाँले बजार क्षेत्रमा चोरीको घटना नियन्त्रण गर्न, अन्य अपराधिक घटना हुन नदिन आवश्यक रहेको अवस्थामा सिसिटिभी क्यामरा सहयोगी बन्ने विश्वास उहाँको छ ।

यसअघि बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान नगरिएका कारण बजारमा हुने अपराधिक घटना प्रहरीलाई पत्ता लगाउन कठिन भइरहेको बेला सिमकोट गाउँपालिकाको सहयोगमा सिसिटिभी क्यामरा जडान कार्य भएको उहाँले बताउनुभयो । बजार क्षेत्रमा जडान गरिएको क्यामराले सुरक्षाकर्मीहरुलाई सुरक्षा प्रदान गर्न सहज हुने विश्वास उहाँको छ । हाललाई काली चोकदेखि एयरपोर्ट चोकसम्म पाँच वटा सिसिटिभी क्यामरा जडान गरेर सुरक्षा प्रदान गर्ने कार्य भइरहेको छ । यी क्यामराले कैद गरेको फुटेज जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षा पोष्टले हेर्न सुरु गरेको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले सिमकोट बजार क्षेत्रको सुरक्षा संवेदनशीलतालाई नै ध्यानमा राखेर सिसिटिभी क्यामरा जडानको व्यवस्थाका लागि गाउँपालिका लागेको बताउनुभयो ।

क्यामरा जडान नहुँदा चोरी लगायत अन्य अपराधिक घटनाहरु पत्ता लगाउन कठिन हुन थालेपछि गाउँपालिकाले सिसिटिभी क्यामरा खरिद गरेर जडान कार्य गर्न सहयोग गरेको उहाँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...