प्यालेस्टिनी भूमिमा इजरायली कब्जाबारे सल्लाहकार राय दिन अदालतको आदेश

Published on

काठमाडौं । अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) ले प्यालेस्टिनी क्षेत्रहरूमा इजरायलको कब्जाको कानुनी परिणामको बारेमा जुलाई–१९ मा सल्लाहकार राय दिने घोषणा गरेको छ । हेगस्थित आईसीजेको सिट पिस प्यालेसमा जुलाई –१९मा सार्वजनिक सत्र हुनेछ, जहाँ अदालतका अध्यक्ष न्यायाधीश नवाफ सलामले सल्लाहकार राय पेस गर्नु हुने छ । फेब्रअरीमा आईसीजेमा सार्वजनिक सुनुवाइका क्रममा प्यालेस्टाइन, ४९ संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरू लगायत तीनवटा अन्तर्राष्ट्रिय संस्थाहरूले मौखिक बयानहरू प्रस्तुत गरेका थिए । सुनुवाइमा, प्यालेस्टाइनी संयुक्त राष्ट्रका दूत रियाद मन्सुरले आईसीजेलाई प्यालेस्टिनी क्षेत्रहरूमा इजरायलको कब्जालाई अवैध घोषणा गर्न आग्रह गर्नुभएको थियो । फैसलाले कब्जाको तत्काल अन्त्ये, न्यायपूर्ण र स्थायी शान्तिको स्थापनाको लागि मार्ग प्रशस्त गर्ने कुरामा जोड दिएको छ ।

सुनुवाइमा भाग नलिई, इजरायली प्रधानमन्त्रीको कार्यालयले सुनुवाइको वैधतालाई अस्वीकार गरी एक बयान जारी गर्दै इजरायलको स्वतन्त्रता र आत्मरक्षाको अधिकारलाई अझ कमजोर पार्ने प्रयास गरेको आरोप लगाएको छ । रासस\सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...