पाँच हजार मिटर अग्लो स्थानामा सडक सुचारु

Published on

काठमाडौं । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमी जाने सडक सुचारु भएको छ । न्यालु लेकमा जमेको हिँउ र पहिरोले भत्काएको सडक मर्मत गर्ने कार्य भएपछि उक्त सडक सुचारु भएको हो ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले सडक मर्मतपछि सिमकोट लिमी लाप्चाको न्यालु लेकको सडक सुचारु भएको बताउनुभयो । गत मङ्सिरको हिमपातपछि सडक अवरुद्ध भएको थियो । पूर्वाधार विकास कार्यालयले सडम सफा गर्ने कार्य गरेपछि यातायात सेवा सुचारु भएको उहाँले बताउनुभयो । सो सडक सुचारु नहुँदा लिमीका स्थानीय हिल्सा नाकाबाट आउजाउ गर्दै आउनुभएको थियो भने सुनखानी प्रहरी चौकीका प्रहरी पनि हिल्सा भएरै चौकीमा जानुभएको थियो ।

उहाँले पाँच हजार मिटर अग्लो न्यालु लेकको सडक सफा गर्ने कार्य भएपछि लिमी र लाप्चा क्षेत्रसम्म यातायात सुचारु भएको बताउनुभयो । सडक सुचारु भएसँगै लिमी आउजाउ र लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न सहज भएको छ । आफ्नो जिल्लामा सडकलाई मर्मत गरेर सञ्चालनमा ल्याउने कार्य भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...