बाँके पूर्णखोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा

Published on

काठमाडौं । बाँके जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार पुनले पूर्णखोप दिगोपना सुनिश्चितता जिल्लाको प्रमाणपत्र जिल्ला खोप समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरी र स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीलाई संयुक्त रुपमा प्रदान गरेर पूर्णखोप दिगोपना जिल्ला घोषणा गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै स्वास्थ्य मन्त्री पुनले २१ औं शताब्दीमा हामीले बालबालिकालाई खोजेर खोप लगाई पूर्णखोप घोषणा गरिरहनु दुःखद भएको बताउनुभयो । ‘‘बालबालिकाका अभिभावक खोप खोज्दै स्वास्थ्य संस्थाहरुमा आउनुपर्ने र नपाए झगडा गर्नुपर्ने युगमा हामीले बालबालिकालाई खोजेर खोप लगाउनु परेकाले यसैबाट हामी कहाँ छौं भन्ने पुष्टि गर्छ ।,’’ उहाँले भन्नुभयो ।

मन्त्री पुनले असार ३२ गते लुम्बिनी प्रदेशलाई पूर्णखोप दिगोपना सुनिश्चितता प्रदेश घोषणा गर्ने जनाउनुहुँदै गत वर्ष प्रदेशलाई घोषणा गर्न नसक्नु दुःखद भएको बताउनुभयो । जिल्ला खोप समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रबहादुर चौधरीले जिल्लालाई पूर्णखोप घोषणा गर्न चुनौती रहेको बताउनुहुँदै अझैपनि जनतामा स्वास्थ्य चेतना बढाउन धेरै मिहिनेत गर्नुपर्ने जिकिर गर्नुभयो । सो अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय जनस्वास्थ्य निर्देशनालयका निर्देशक कुमार थापा, भेरी अस्पतालका नर्सिंग प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठ, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, जानकी गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख दल बहादुर राना र महिला स्वास्थ्य स्वयंसेविका प्रेणा शाही लगायतले खोपको महत्त्व र खोपमा जिल्लालाई दिगो बनाउने बारे आ–आफ्नो धारणा राख्नुभयो ।

यसैगरी, सो अभियानमा हरेक पालिकाबाट उत्कृष्ठ काम गर्ने एक जना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । यसरी उत्कृष्ठ काम गरेर सम्मानित हुनेहरुमा नेपालगन्ज उपमहानरबाट गोमा आचार्य, कोहलपुर नगरपालिकाबाट उषादेवि सोपकोटा, राप्ती सोनारी गाउँपालिकाबाट रिमन्ता शर्मा, डुडुवाबाट खगेन्द्र शर्मा, नरैनापुरबाट कमला कसेरा, बैजनाथबाट उदय कुमार बिष्ट र खजुराबाट सावित्रि देवकोटा र सिता खत्री रहनुभएको छ । कार्यक्रममा सहभागी विभिन्न अतिथि, संघसंस्था, महिला स्वास्थ्य स्वयंसेविकाहरु र पत्रकारहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । स्वास्थ्य कार्यालयका अनुसार समग्र जिल्लालाई पूर्णखोप दिगोपना जिल्ला घोषणा गर्न यसअघि माघदेखि वैशाखसम्म ‘खोज र खोप’ अभियान सञ्चालन गरेर १६ देखि ५९ महिनासम्मका खोप लगाउन छुटेका सबै बालबालिकाको पहिचान गरिएको थियो । छुटेका सबै बालबालिकालाई पुनः खोप लगाएपछि पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले सबै पालिकालाई हरेक वर्ष पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्नुपर्ने जनाउँदै चालु आर्थिक वर्षमा जिल्लाका आठ वटै सबै पालिकामा रहेका खोप लगाउने उमेरका सबै बालबालिकालाई खोप लगाएर पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा यस अघिनै गरिसकिएको बताउनुभयो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बालबालिकालाई अहिले १३ प्रकारका रोगविरुद्ध ९ प्रकारका खोप लगाउने गरिएको छ । गोरखापत्र

ताजा समाचार

लस एन्जलस आगलागी : विस्थापितलाई तत्काल घर फर्काउन नसकिने

काठमाडौँ । लस एन्जलसमा लागेको भीषण डढेलो र आगलागीका कारण आफ्नो घरबाट विस्थापित भएका...

भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव

काठमाडौँ । निजी क्षेत्रले व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउन सुझाव दिएको छ।...

शाश्वतधाममा भक्तजनको भिड

काठमाडौँ । नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीमा अवस्थित शाश्वतधाममा आन्तरिक, बाह्य पर्यटक तथा भक्तजनको...

संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र चलायमान हुँदैछः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन...