मानवबेचबिखनविरुद्ध चेतना जागृत गर्दै बाँकेका महिला

Published on

काठमाडौं । जिल्लाको जानकी गाउँपालिकाका महिला मानवबेचबिखन र लैङ्गिक हिंसाविरुद्ध गाउँबस्तीमा चेतना जागृतिमा क्रियाशील भएका छन् । जानकी–१ साइगाउँ, वडा नं ४ खजुराखुर्द र वडा नं ६ गनापुरका महिलाले सङ्गठित भएर मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध विविध गतिविधि सञ्चालन गर्दै आएका छन् ।

जानकी–४ नहरचोक निवासी देवीसरा ठकुरी भुजुवाले घरेलु हिंसाकै कारण महिला हिंसामा पर्दै आएकाले घरपरिवारमै चेतना जागृत गर्नुपर्ने बताउनुभयो । “गरिबी र अर्थाभावको फाइदा उठाएर महिलालाई ललाइफकाई गर्नेविरुद्ध सचेत हुन जरुरी छ”, देवीसारले भन्नुभयो, “आर्थिक रूपमा कमजोर महिला, अभिभावकविहीन बालबालिकालाई दलालले आँखा लगाउन सक्छन् । स्थानीय ज्ञानु स्वर्णकारले टोलबस्तीमा गठन भएका स्वावलम्बन समूहमा महिला दिदीबहिनीबीच मानव बेचबिखन र लैङ्गिक हिंसाका बारेमा छलफल र चेतना जगाउने गतिविधि हुँदै आएकाले अहिले सबै जागरुक हुँदै गएको बताउनुभयो ।

आइएनएफ बाँकेले सञ्चालन गरेको ‘मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि समुदायमा हाम्रो प्रयास’ परियोजनामार्फत गठित स्वावलम्बन समूहमा महिला दिदीबहिनीले गाउँटोलका सामाजिक समस्या र मानवबेचबिखन, महिला हिंसालगायत विषयमा छलफल गर्दै आउनुभएको छ । जानकी गाउँपालिका–६ कपासीकी गीता तिवारीले मानवबेचबिखन र लैङ्गिक हिंसाका बारेमा महिला दिदीबहिनी सचेत हुँदै गए पनि घटना कम गर्न नसकेको बताउनुभयो । मानव बेचबिखन तथा घरेलु हिंसाको प्रारम्भ आर्थिक कमजोरीका कारण हुने भएकाले आर्थिक रूपमा महिलालाई लाभ हुनेगरी स्थानीय सरकार र सामाजिक सङ्घसंस्थाले कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको माग छ । “पढेलेखेका, जानेबुझेका महिला दिदीबहिनी नै लैङ्गिक हिंसाको सिकार भइरहनुभएको छ”, उहाँले भन्नुभयो, “लैङ्गिक हिंसालाई घरपरिवारको आन्तरिक मामिला ठान्ने परिपाटीले बाहिर आउन सकेको

छैन ।” जानकीको साईगाउँ, खजुराखुद्र्ध र गनापुरमा गठन भएका ३० स्वावलम्बन समूहमा आबद्ध करिब तीन सय महिलाले अहिले गाउँ समाजमा मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध आफू सचेत हुँदै समाजलाई सचेत बनाउन लागिपर्नुभएको छ । जानकी गाउँपालिका–६ गनापुर निवासी सञ्जु गडरियाले समूहमा आबद्ध भएपछि अहिले मानव बेचविखन हुने कारण, लैङ्गिक तथा घरेलु हिंसाका बारेमा जान्ने बुझ्ने अवसर पाएको बताउनुभयो । जानकी गाउँपालिका–४ का वडाध्यक्ष रमेशकुमार बर्माले समुदायस्तरमा आइएनएफले सञ्चालन गरेको परियोजनाले धेरै सकारात्मक काम गर्दै आएको बताउँदै स्थानीयवासीले सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “मधेसी समुदाय अझै पनि शिक्षा र चेतनाका हिसाबले पछाडि रहेकाले लैङ्गिक हिंसालगायत सामाजिक विकासमा पनि पछाडि परको छ । आगामी आवका लागि मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको तर्फबाट पनि समन्वयमा कार्यक्रम प्रभावकारी बनाइने छ”, वडाध्यक्ष बर्माले भन्नुभयो । रासस

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...